आफ्नो देशको नागरिक मारिदा नबोल्ने नेता नै होइन : कांग्रेस नेता डा भन्डारी


भुबन भुसाल , भदौ २२ गुल्मी
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले जय शिंह धामी भारतिय सिमा सुरक्षा बलले तुइन काटेर मारिदिदा बोल्न नसक्नेहरु नेता हुन नसक्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस छत्रकोट १ हुगा गुल्मीको वडा अधिबेसन उदघाटन सत्रको प्रमुख अतिथी रहनुभएका भण्डारीले राजनीतिमा मानिस उमेरले युवा र बूढो नहुने भन्दै प्रष्ट बिचार राख्न नसक्ने युवा नै भएपनी बूढो र देशको बिषयमा नेपाली नागरिकको पक्षमा स्पष्ट बोल्न सक्ने ८० बर्षकै भएपनी युवा हुने बिचार ब्यक्त गर्नुभयो । आफ्ना सस्थापक नेता बिपि कोइरालालाई सम्झदै नेता डा भण्डारीले देशका लागि बिपिले न भारत न चिन न अमेरिका कसै सङ्ग सम्झौता नगरेको भन्दै अहिलेका नेताहरु बिपिका अनुयायी हुन नसक्ने बताउनुभयो ।

गलत कुराको बिरोध गर्न नसक्ने तर सहि कुरा भएपनी अर्को पार्टिले गरेको भनी बिरोध गर्नेहरु रुख काट्न नसक्ने बन्चरो भएको डा भण्डारीले टिप्पणी गर्दै कार्यकर्ताहरुलाइ उदाएको बन्चरो बन्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसको यो अधिबेशनमा १९ बर्षिय युवा देखि ८० बर्षिय वृद्ध सम्म गाउँगाउँमा नेतृत्वमा आएको भन्दै वहाले यो कांग्रेसका लागि गौरबको कुरा रहेको उल्लेख गर्नुभयो । नेता डा भण्डारीले महाधिबेसनलाइ एकताको महाधिवेशन बनाउनुपर्ने भन्दै त्यस्को सुरुवात गाउँगाउँ बाट गर्न आम कार्यकर्तालाइ आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?