कांग्रेस नेता कंडेलको सामाजिक कर्म , श्रीङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री प्रदान

नेपाली कांग्रेसका नेता योगराज कंडेलले श्रीङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।
आफ्नो पहलमा स्वास्थ्य सेवा बिभाग मार्फत ल्याउनुभएको स्वास्थ्य सामाग्री आज स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

सामाग्री हस्तान्तरण गर्दै नेता कंडेलले गाउँको स्वास्थ्य केन्द्रमा सहयोग गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको भन्दै आवस्यक सहयोग गर्न सधै प्रतिबद्ध भएको बताउनुभयो । नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य समेत रहनुभएका नेता कंडेलले अस्पतालमा आगामी दिनमा के चाहिन्छ आफुलाई भन्नुभयो भने तुरुन्त्त पहल गर्ने बताउनुभयो ।

सामाग्री ग्रहण गर्दै स्वास्थ्य केन्द्रका प्रमुख डा कौशल कुमार मण्डलले नेता कंडेल साच्चिकै अरुले पनि अनुसरण गर्न लायक नेता भएको बताउनु भयो । डा मण्डलले आफ्नो एकपटकको आग्रहमा तुरुन्त्तै स्वास्थ्य सामाग्री ल्याएर नेता कंडेलले यहाँका स्थानियको उपचारका निम्ति महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको भन्दै प्रसम्सा गर्नुभयो ।
नेता कंडेलले स्वास्थ्य केन्द्रलाई २ हजार थान मास्क , एन्टिजेन कीट ५ सय थान , सेनिटाइजर २५ लिटर , अम्बु ब्याग , आइभी सेट , आइभी क्यानुला , लगायत स्वास्थ्य केन्द्रमा आवस्यक सामाग्री हस्तान्तरण गर्नुभएको छ ।

स्वास्थ्यकर्मी रामचन्द्र ज्ञवालीले संचालन गर्नुभएको सामाग्री हस्तान्तरण कार्यक्रममा श्रीङ्गा जनता माबिका प्र अ बिकाश चन्द्र खरेल , अस्पतालका पुर्व अध्यक्ष बिष्णु प्रसाद कंडेल , प्रहरी चौकी शृङ्गाका इन्चार्ज खिमानन्द खनाल , ट्राफिक प्रहरी कपिल गौतम ,एम्बुलेन्स चालक मोहन केशी लगायतको उपस्थिति रहेको थियो ।
केही दिन अघि रिडि प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री प्रदान गरेका नेता कंडेल पछिल्लो समय युवा पुस्ता माझ लोकप्रिय मानिनुहुन्छ । कोभिडको बिरामीको उपचार , कोभिडको समय असहाय लाई राहत बितरण देखि शब ब्यवस्थापनमा सम्म पनि आफै खट्ने नेता कंडेल बिभिन्न सामाजिक सस्थामा समेत नेतृत्वदायी भुमिकामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?