संभावना भएका प्रत्यक इमान्दार कार्यकर्ताले पार्टिमा स्थान पाउछ : कांग्रेस नेता डा भण्डारी


नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले पार्टिका विरुद्ध बोल्दै र गोप्य गतिविधि गर्दै हिड्ने जो कोहिलाइ पनि अब पार्टिमा राख्न नहुने बिचार ब्यक्त गर्नुभएको छ ।

नेपाली कांग्रेस छत्रकोटले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता डा भण्डारीले पार्टिभित्र असहमति , असन्तुष्टि हुन सक्ने भन्दै सडकमा कुर्लदै हिड्नुभन्दा बैठकमा ब्यवस्थित बिचार राख्न सुझाब दिनुभयो । नेता भण्डारीले कांग्रेसले अहिले पार्टिको समाबेसी बिधान अनुरुप महाधिवेशनका विभिन्न चरणमा सम्पन्न गर्न गैरहेकाले आसातित सबै नेता कार्यकर्ताले सहि स्थान पाउन सक्ने बताउनुभयो ।

गएको निर्वाचनमा पार्टी भित्रकै केही साथीहरू पार्टी विरुद्ध लागेको उदाहरण दिदै नेता डा भण्डारीले राजनीति गर्न कोहि मैदानमा आए आफू मैदान छोड्न तयार रहेको भन्दै घरमा आगो लगाएर खरानी बेच्ने प्रवृत्ति छाड्न आग्रह समेत गर्नुभयो । वहाँले आफू पार्टिका प्रत्यक कार्यकर्ताको अबिभावक हुन तयार रहेको तर पार्टी भित्रका धमिराहरुको साथ दिन भने किमार्थ नसक्ने दोहोराउनु भयो । नेता भण्डारीले यो दशैले प्रत्यक नेता कार्यकर्ता र जनता सबैमा सकारात्मक कुरा गर्न सक्ने र राम्रो काम गर्ने प्रेरणा दिउन भन्ने शुभकामना समेत दिनुभयो ।

आज सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा छत्रकोट कांग्रेस सभापति धातानन्द भुसालको सभापतित्व , केन्द्रिय सदस्य डा भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला सभापती भुबन प्रसाद श्रेष्ठ , पुर्व सभापति चन्द्र केशी, जिल्ला उपसभापति बिष्णु बलाल , जिल्ला सचिब खिलध्वज पन्थी , नेपाली कांग्रेस केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रिय सदस्य योगराज कंडेल , महासमिती सदस्य धना भण्डारी लगायत पार्टिका नेता एवं कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा फरक पार्टिका नेताहरुलाइ पनि निमन्त्रणा गरिएकोमा माओबादी नेता , लुम्बिनी प्रदेश पुर्व मन्त्री एवं साम्सद सुदर्शन बराल , माओबादी छत्रकोट अध्यक्ष राम प्रसाद पान्डेले लिखित शुभकामना संदेश पठाउनुभएको थियो ।
आजकै कार्यक्रममा हुगा गुल्मीका कांग्रेस नेता तिलकराम भण्डारीले छत्रकोट ३ लुम्छामा स्थापना हुने पार्टी कार्यालयका लागी एक थान दराज सौजन्य गर्ने घोषणा समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?