दशैंमा घरमा टीका छ , यता ड्युटिमा धुलाम्य छन प्रहरी सहायक निरिक्षक खनाल

आज दशैंको नवमी हो , प्रत्यक कोटघर र शक्तिपिठमा बाजागाजा , पन्चबली सहितको रौनक छ । दिउसोको ३ बजे रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ बंघाकोटमा पुग्दा प्रहरी चौकी श्रीङ्गाका इन्चार्ज प्रहरी सहायक निरिक्षक खिमानन्द खनाल सहित ४ जना प्रहरी सुरक्षामा खटिएका देखिन्थे ।

केही छिनमै खिमानन्दको मोबाइलमा घन्टी बज्यो ” टाहाटिममा दुई समूह बिच झगडा पर्यो तुरुन्त्त आउनुपर्यो ” खिमानन्दले कोटको सुरक्षा जिम्मा अर्को प्रहरीलाई दिएर आफै बाइक कुदाएर पुगे टाहाटिम ।
बेलुकी करिब ७ बजेतिर धुलाम्य भएर कार्यालय फर्किएका खनाललाई सर के छ खबर दशैंमा घर नजाने भनी सोध्दा खिस्स हास्दै भने ” फौजीको नियम नै हो नि भाई अफ्ट्यारो परिस्थितिमा सेवा गर्नु , चाडबाडमा घर जान नपाउदा खल्लो त लागेको छ तर आफुले रोजेको क्षेत्र नै यहीँ भएपछी यस्मै खुसिहुनुपर्ने ।

उनी आफ्नो क्वाटर पुगे सरासर , बर्दिमा लागेको सडकको धुलो टक्टकाए र हास्दै भने ” घर चाहिँ टिकाको बेला सम्म आउछु खास अफ्ट्यारो भएन भने भनेको छु , कम्सेकम उनिहरुको मन अहिल्यै देखि खल्लो नहोस भनेर तर जान चाहिँ पाउदिन ” । ” भोलि बिहान म आउन नपाउने भए भन्छु र भिडियोकलमा छोरा छोरी र श्रीमतिलाई टीका लगाइदिन्छु ” अमिलो मन बनाउदै खनालले भने ।
अर्घाखाँची खनदह घर भएका खनालको घरमा श्रीमती र एक छोरा छन । खनालले दशैंमा टीका लगाउन नपाएको पाँच बर्ष भयो ।
खनाल जस्तै नेपाल प्रहरीका हजारौं प्रहरी आज खिन्न मन बनाएर जनसेवामा खटिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?