एमाले अध्यक्ष ओलीलाई कोरोना सङ्क्रमण , पत्रकार सम्मेलन स्थगित

 

फाइल तस्बिर

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उहाँकी श्रीमती राधिका शाक्यलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

 

एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओली दम्पतिले पीसीआर परीक्षण गर्नु भएको थियो । पीसीआर गर्दा पोजेटिभ देखिएपछि उहाँहरु अहिले आफ्नै निवासमा आइसोलेशनमा बस्नुभएको ओलीको निजी सचिवालयले जनाएको छ।

 

सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको छ ।

 

आज ओलीले गर्ने भनिएको पत्रकार सम्मेलन पनि रोकिएको छ । वर्तमान राजनीतिक र आर्थिक अवस्थाबारे एमालेको धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्ने भनिए पनि अब प्रेस विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी भएको एमालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?