हामी गुल्मीका १२ मध्य १० स्थानीय तह जित्छौं : एमाले नेता पन्त

 

नेकपा एमाले गुल्मीका नेता मधुकृष्ण पन्तले गुल्मीका १० स्थानिय तह जित्ने दाबी गरेका छन ।

 

राष्ट्रिय युवा संघ नेपाल छत्रकोट गाउँ कमिटिको प्रथम अधिबेशनमा बोल्दै नेता पन्तले जिल्लाका १२ स्थानीय तह मध्य १० स्थानीय तह नेकपा एमालेले जित्ने दाबी गरेका हुन । कार्यक्रममा बोल्दै नेता पन्तले भने ” हामी स्थानीय तह निर्वाचन लक्षित छलफल गरिरहेका छौं कम्तीमा १० स्थानिय तह गुल्मीमा एमालेले ढुक्कै जित्छ ” । तर उनले जिल्लामा नेकपा एमालेले कुन कुन स्थानीय तह जित्ने आंकलन गरेको छ त्यो भने खुलाएनन् ।

 

नेकपा एमाले गुल्मीका निवर्तमान अध्यक्ष समेत रहेका नेता पन्तले नयाँ जोस जाँगर सहित निर्वाचन केन्द्रित भएर लाग्न युवा संघलाई निर्देशन समेत दिए । आफू छत्रकोट गाउँपालिका अध्यक्ष निर्वाचित भएदेखी गरेका उदाहरणिय कामको फेहरिस्त सुनाउदै पन्तले नेकपा एमालेले देश , जनता र बिकास एवं समृद्धिका निम्ति पनि एमालेले ३ वटै निर्वाचन जित्नुको बिकल्प नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?