अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गर्नुपर्छ : गगन थापा

 

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गर्नुपर्ने बताउनुभएकाे छ । विगत दश वर्षदेखि एमसीसीसँग धेरै राजनीतिक दल र नेतृत्व सामेल भएकाे भन्दै सबैले संसदमा यस विषयमा आ-आफ्नाे मत राख्नुपर्ने उहाँले बताउनुभयाे ।

‘हामी फरक–फरक दलहरु भएको कारणले गर्दा हाम्रो बीचमा गठबन्धन हुनका लागि त कुराकानी मिल्नुपर्छ । न्यूनतम कुराहरुमा कुरा मिल्नुपर्छ’, एमसीसीकाे सन्दर्भमा बाेल्दै उहाँले भन्नुभयाे, ‘आजको दिनमा नेपाली कांग्रेस माधव नेपालको पालादेखि सुरु भएर आएको दशाैँ वर्ष लागेर यहाँसम्म आइसकेपछि यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो । हामी सबैले यसमा काम गरिसक्यौँ । हामी सबैजना कहीँ न कहीँ यसमा संलग्न छौँ । अहिले सिंगो नेपालको विश्वसनीयतामाथि ह्रास आउँछ । त्यसैले हामीले प्रष्ट भनेका छौँ, टेबल गरौँ हामीहरु आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौँ ।’

यस्तै महामन्त्री थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने पनि बताउनुभयो । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उहाँले स्पष्ट पार्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?