गुल्मीको अस्लेवामा साबिक वडा स्तरिय भलिबल प्रतियोगिता हुँदै , प्रथम हुनेले ३० हजार पाउने

 

गुल्मीको सत्यवती गाउँपालिका वार्ड न १ अस्लेवा रामबारिमा साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

बिहानी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार ट्रफी ,मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा दोस्रो हुनेले २० हजार ट्रफी , मेडल र प्रमाणपत्र पाउने छ भने तेस्रो हुनेले नगद १० हजार मेडल र प्रमाणपत्र पाउने खेल संयोजक कृष्ण प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

यहि फाल्गुन १९ गतेदेखी २१ गते सम्म तीन दिन चल्ने प्रतियोगितामा सान्त्वना हुने समुहले समेत नगद ५ हजार नगद ,मेडल र प्रमाणपत्र पाउने क्लब अध्यक्ष हुमन पान्डेयले जानकारी दिनुभयो । स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिता रामबारी आधारभुत बिधालयको खेल मैदानमा हुनेछ ।

आफ्नो गाउँमा कार्यक्रम हुने भएपछी देश बिदेशमा बस्ने गाउँ र खेल क्षेत्रलाई मायाँ गर्नेहरुको सहयोगमा कार्यक्रम गर्न लागिएको क्लबका कोषाध्यक्ष लक्ष्मण पाण्डेले बताउनुभयो । कोषाध्यक्ष पाण्डेले खेल सफल बनाउन सहयोग गर्न सबै सत्यवती बासिहरुलाई आग्रह समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?