विद्यार्थीले मात्र हैन सबैले यसकारण गर्नुपर्छ सरस्वती वन्दना

देवी सरस्वतीलाई विद्याकी देवीका रुपमा चिनिन्छ । विधिपूर्वक सरस्वती पूजा गरेमा उनी प्रशन्न भई विद्या तथा कलाकौशलमा सफलता मिल्ने धार्मिक विश्वास गरिन्छ यद्यपि, विद्या आर्जन गर्नेले मात्र सरस्वती पूजा गर्नुपर्छ भन्ने गलत मान्यता पनि हाम्रो समाजमा व्याप्त छ ।

तर, आफुले गर्ने प्रत्येक कर्मबाट सफलता प्राप्त गर्न पनि विधिपुर्वक सरस्वती आराधना आवश्यक छ भन्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख छ ।

 

आफ्नो कर्म वा पेशामा प्रयोग हुने साधन, उपकरण, औजार वा कुनैपनि सामग्रीको पूजाआजा गर्नाले उक्त कर्मप्रतिको सम्मान तथा आत्मसन्तुष्टि वृद्धि भई काममा नयाँ उत्साह पैदा हुने र कर्ममै तल्लीन भएपछि सफलता हात लाग्ने वैज्ञानिक तथ्य समेत यसमा जोडिएको छ ।

यसर्थ सरस्वती वन्दना विद्यार्थीले मात्र नभई सबैका लागि उत्तिकै महत्वपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?