एमसीसीका कारण गठबन्धनमा संकट, सत्ता समीकरण नै फेरबदल हुनसक्ने

एमसीसी र प्रधानन्यायधीस चोलेन्द्र शमसेर जबरा विरुद्धको महाभियोग प्रस्ताव संगसँगै सतहमा आएपछि नेपाली राजनीति फेरी एकपटक तरंगित भएको छ ।

यी घटनाक्रमबाट पैदा भएको तरंगको सीधा असर सत्ता गठबन्धनको निरन्तरतामा देखिन थालेको छ । जसरी पनि एमसीसी पास गर्न तत्पर प्रधानमन्त्री शेर बहादुर देउवा त्यसका लागि सबैखाले जोखिम मोल्न तयार देखिएका छन् ।

अबको केही दिन भित्रै घटनाक्रममा चामत्कारिक मोड नआए देउवासंग यो गठबन्धन रहनेछैन कि त एमसीसी अवरुद्ध हुनेछ । तर, गठबन्धत छोड्न तयार भए प्रमुख प्रतिपक्षी एमालेको साथमा एमसीसी अगाडि बढाउन देउवाका लागि अफर  खुला छ ।

यसर्थ पनि देउवाको निर्णायक रोजाइ गठबन्धन नभइ एमसीसी हुन्छ भन्ने मत बलियो देखिन्छ । उनीनिकट एक नेता भन्छन्, “सकेसम्म गठवन्धन भत्काउने गरी सोच्नुभएको त छैन तर मत विभाजित भइरहे त्यसको आधार र अर्थ पनि त छैन, त्यसैले एजेण्डामा एकमत हुन नसके गठबस्थत स्वतः टुट्ने देखिन्छ ।”                                                                

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?