पलले दिए समीक्षाको जाहेरीलाई काउन्टर , दुर्गेस थापाले फसाउन खोजेको आरोप

                                                                                      कलाकार पल शाहले समीक्षा अधिकारीले दिएको जाहेरीलाई काउन्टर दिएका छन्  । उनले समीक्षाको उजुरी नियोजित भएको भन्दै उक्साउने केही व्यक्तिको अडियो सार्बजनिक गरेका छन् ।

ती अडियोमा समीक्षालाई पलले यसो गर्यो उसो गर्यो भन्नू भनी सिकाएको स्पष्ट सुनिन्छ । पलले फेसबुकमार्फत  सार्बजनिक गरेको एक अपिलमा उक्साउनेहरुको नाम उल्लेख गरेका छन् ।

गायक दुर्गेस थापा लगायतले षड्यन्त्र पुर्वक यसो गरेको प्रमाणका रुपमा उनले अडियो बाहिर ल्याएका हुन्  । पलले लेखेका छन्  ” जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।
उक्त अडियो क्लिपमा भनिए अनुसार ” पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो” , “हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो”  साथै  ” घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो ” लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला ।”

यसअघि १७ वर्षीया ती गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कारको जाहेरी दिएपछि प्रहरी ले उनको खोजी सुरू गरिसकेको थियो ।

पलले सार्वजनिक गरेको प्रमाण सही साबित भए दुर्गेस लगायत पनि अनुसन्धानमा तानिने देखिएको छ ।                              

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?