राष्ट्रिय हित तथा स्वार्थ

राष्ट्रको सर्वाङगिण विकासको लागि राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय क्षेत्रमा गरिने समग्र क्रियाकलापहरुको समष्टि रुप नै राष्ट्रिय हित तथा स्वार्थ हो । यो राष्ट्रले लिएको लक्ष्य तथा उदेश्य हो भने जनताको आकाङक्षा हो । परराष्ट्र सम्वन्ध विस्तारको मुल आधार पनि हो । यस्ले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राख्दछ । यो बहुआयमिक विषय हो । यसभित्र मुलुक र जनताको सामाजिक, सास्कृतिक, आर्थिक, राजनैतिक, वातावरणीय तथा रणनीतिक हित वा सरोकारका विषयहरु पर्दछन ।

 

सार्वभौमिकता, राष्ट्रिय अस्मिताको रक्षा, सिमा सुरक्षा, राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता देखी लिएर दिगो शान्ति, सुशासन, विकास र समृदिका लागी गरिने हरेक क्रियाकलापहरु राष्ट्रिय हित तथा स्वार्थका विषयवस्तुहरु हुन । यो कुनै पनि मुलुकको साध्य हो भने राष्ट्रिय सुरक्षा नीति यसको साधन हो । नकरात्मक कुराहरुको दुरुत्साहन तथा सकरात्मक कुराहरुको प्रोत्साहनले राष्ट्रिय हितलाई टेवा पुर्याउदछ ।

निरंकुश शासन प्रणाली अवलम्वन गर्ने मुलुकमा शासकको हित नै राष्ट्रिय हितको विषय हो भने प्रजातान्त्रिक शासन व्यवस्था अंगिकार गरेको मुलुकमा राष्ट्र र जनताको हित नै राष्ट्रिय हित हो । तसर्थ राज्यले कस्तो प्रकृतिको शासन प्रणाली अवलम्वन गरेको छ राष्ट्रिय हितको विषय पनि त्यसैमा निर्भर रहन्छ ।

नेपालको संविधानको धारा ५ मा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृदि नेपालको राष्ट्रिय हितका आधरभुत विषयवस्तु हुन भनी उल्लेख गरेको छ । यसैगरी नेपालको समग्र राष्ट्रिय हित सुरक्षा र प्रतिरक्षा सम्वन्धी नीति तर्जुमा गर्न राष्ट्रिय सुरक्षा परिषद रहने व्यवस्था गरेको पाईन्छ ।

राष्ट्रिय हित तथा स्वार्थको प्रकृति

*वैदेशिक सम्वन्धको मुल तत्व ।
*एकै किसिमको नभएर राज्यको शक्ति सामर्थ्य तथा स्थितिमा निर्भर रहन्छ ।
*कुनै पनि मुलुकको साध्य हो ।
*यो वहुआयमिक विषय हो ।कुनै पनि स्वार्थ भन्दा माथि हुने हुदाँ सर्वोच्च स्वार्थ हो ।
*यसको प्राप्तिमा जस्तो सुकै कार्य पनि क्षम्य हुन्छ ।
*यो दिर्घकालीन र स्थायी प्रकृतिको हुन्छ ।

 

राष्ट्रिय हित तथा स्वार्थ निर्धारणका आधारहरु

* राज्यको शासन प्रणाली
* राज्यको शक्ति सामर्थ्य तथा स्थिति
*भौगोलिक एवं ऐतिहासिक पक्ष
* नेतृत्व र विचारधारा
* अन्य मुलुकहरु सँगको सम्वन्ध
* क्षेत्रीय तथा अन्तराष्ट्रिय संस्था सँगको सम्वन्ध
* मुलुकको सामाजिक आर्थिक अवस्था

 

राष्ट्रिय हितका विषयहरु

* नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमानको रक्षा र जनताको सुरक्षा,
* संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्बद्र्धन,
* राष्ट्रिय एकता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता,
* राष्ट्रिय पहिचान तथा अस्तित्वको रक्षा,
* मौलिक मानव अधिकार र जनताको स्वतन्त्रताको रक्षा,
* दिगो शान्ति सुरक्षा र राजनीतिक स्थायित्व,
* वातावरण र जलवायु संरक्षण,
* जलस्रोत लगायत प्राकृतिक स्रोत र सम्पदाको संरक्षण तथा राष्ट्रिय हितमा उपयोग,
* अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा योगदानद्वारा विश्व शान्तिको प्रबद्र्धन ।
* नेपाली भूमि कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रयोग हुन नदिने विश्वसनीय स्थितिको निर्माण,
* कानुनी शासनको संरक्षण,
* संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशील सिद्धान्तमा आधारित परराष्ट्र नीति ।
* रणनीतिक हित सरोकारका विषयहरु
* विशिष्ट सरोकारका विषयहरुको रक्षाका लागि उपयुक्त रणनीति र कार्यनीतिको अवलम्बन,
* सामाजिक विकास, समृद्धि, सद्भाव र सामञ्जस्यता तथा सहिष्णु नागरिक समाज,
* राष्ट्रिय क्षमता अभिवृद्धि,
* नागरिकको जीवनस्तरमा अभिवृद्धि,
* सुशासन र सार्वजनिक प्रशासनको प्रभावकारिता,
* प्रदेश र स्थानीय निकाय तहमा रहेको आर्थिक र सामाजिक असन्तुलनको न्यूनिकरण,
* विज्ञान र प्रविधिको विकास र प्रयोग,
* आर्थिक समृद्धिको लागि उपयुक्त सुरक्षा प्रणाली,
* संगठित अपराध र अवैद्य आप्रवासनको नियन्त्रण,
* प्राकृतिक विपद्एवम्औद्योगिक दुर्घटनाको रोकथाम एवम्न्युनिकरण,
*गैरकानुनी गतिविधिको निरोध र आधारको अन्त्य,
* आतंकवाद र विखण्डनवादको निरोध र नियन्त्रण,
* अवैद्य हातहतियार र विष्फोटक पदार्थको प्रयोगमा नियन्त्रण, र
* अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगको अभिवृद्धि ।

 

राष्ट्रिय हित तथा स्वार्थ प्राप्त गर्ने साधनहरु

* कुटनीति
* प्रचार तथा राजनैतिक युद्ध
* आर्थिक साधन
* साम्राज्यबाद र उपनिबेशबाद
* युद्ध

 

राष्ट्रिय हित तथा स्वार्थलाई सुनिश्चित गर्ने उपायहरु

*कुटनीतिक सम्बन्धको प्रभावकारी सन्चालनद्धारा द्धिपक्षिय, बहुपक्षिय सम्बन्ध र सहयोग बृद्धि गर्र्दै अन्तर्राष्ट्रिय सम्बन्धको समर्थन र सहयोगको अभिवृद्धि,
* नेपालको संविधानको प्रभावकारी कार्यान्वयन र पालना,
* विभन्न राष्ट्रहरु सँग सन्धि सम्झौता तथा वार्ता गरी सोको कार्यान्वयन
*राष्ट्रिय साधन स्रोतको समुचित उपयोग र परिचालन,
* सुरक्षा निकायहरुको आधुनिकीकरण र व्यवसायिकरण,
* राजनीतिक, आर्थिक, सामाजिक, कुटनीतिक, न्यायिक, सन्चार तथा सैनिक सुरक्षा उपायको अवलम्बनद्धारा शान्ति सुरक्षाको प्रत्याभूति,
* नागरिक कर्तव्यको बोध र परिपालना,
* विश्वसनिय सूचनाको सहि मूल्याङ्कन र निरुपणको आधारमा स्थितिको पूर्व जानकारी तथा प्रतिकारात्मक उपाय अवलम्बन गर्न सकिने प्रणालीको विकास,
* सिमा सुरक्षा र व्यवस्थापन

 

 

बराल नेपाल सरकारका उपसचिव हुनुहुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?