शनिदेवलाई प्रशन्न पार्नका लागि शनिबार यसरी गरौँ शनिपूजा

हप्ताको सातै दिन फरक फरक भगवानको नाममा पूजा गर्ने चलन हिन्दु परम्परामा कायमै छ। विशेषगरी सोमबार शिव, मंगलबार गणेश र बिहीबार बृहस्पतिको पूजा गरिन्छ । यस्तै शनिबार शनिदेवको पूजा गरिन्छ ।

प्रायस् शनिदेवलाई प्रशन्न पार्नका लागि गरिने शनिदेवको पूजाको आफ्नै महत्व छ। आजको दिन व्रतालुहरुले कालो वस्त्र लगाउनु उत्तम मानिन्छ तर रात्री भोजमा सकभर नुन नरवानु राम्रो हुन्छ ।

नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मनुस्य सबै भन्दा ज्यादा डराउन्छन तर, शनि कसैको अहित गर्दैनन। उनि ब्यक्तिहरुको कर्म अनुसार न्यादय गर्छन। शायद त्यसैले उनलाई न्योयाधीश को रूपमा पनि जानिन्छ। शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्तज हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ।

कसरी गर्ने शनिपूजा ?

यसदिन केहि खास उपाय पनि गर्न सकिन्छ । जस्तो सूर्योदय भन्दा पहिला शरीरमा तेल मालिश गरेर स्नान गरौ। यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ। कुनै पनि यात्र नगरौ ।

शनि देवको पुजा गर्दा एउटा कुराको ध्यान राख्नु जरुरि छ, शनिदेवलाई आफ्नो मूर्ति को समक्ष पूजा गरेको मन पर्दैन । त्यसैले शनि को आराधना सदैव त्यो मंदिरमा मात्र गर्नुपर्दछ जहा शनिदेव शिला रूपमा विराजमान हुन। यसको अलावा शनिदेव को आराधना उनको प्रतीक मानिने शमी या पीपल को वृक्षको पनि गर्नु पर्दछ । शनिदेव को पूजा शनिबार मात्र गर्नु पर्दछ।

शनिवार को पूजा यस दिन पीपलको रुख को जरामा नै जल अर्पण गरौ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेल को दीपक जलाउ। शनि को पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्ववच्छप राख्नु पर्दछ। यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा सनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य् प्राप्त हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?