राष्ट्रिय युवा संघ गुल्मीको नवौं जिल्ला अधिवेशन शुरु

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ गुल्मीको नवौं जिल्ला अधिवेशन शनिबार शुरु हुँदैछ । तमघासको बालमन्दिरमा दिउँसो उद्‌घाटन हुने कार्यक्रमको सबै तयारी पुरा भएको छ। अधिवेशन उद्‌घाटन गर्न प्रमुख अतिथिका रुपमा संघका केन्द्रिय अध्यक्ष किरण पौडेल शुक्रबार साँझ तमघास आइपुगेका छन्।

कार्यक्रमस्थल बालमन्दिर परिसरको सजावट आकर्षक तरिकाले मिलाइएको छ भने पार्टीका नेता तथा विभिन्न भातृ संगठनका नेता कार्यकर्ता तमघास आउने क्रम जारी छ ।

उद्‌घाटन सत्र पश्चात सम्भवत, आजै बन्दसत्र शुरु हुने युवा संघ छत्रकोटका सचिव झविन्द्र कार्कीले जानकारी दिए । अधिवेशनले राष्ट्रिय युवा संघ गुल्मीको नयाँ कार्यसमिती चयन गर्नेछ । नेतृत्वका आकांक्षी धेरै भएपनि छत्रकोट गाउँपालिकाका रामकृष्ण न्यौपाने र रेसुङ्गा नगरपालिकाका सुरेश भण्डारी अध्यक्षका बलिया दाबेदार ठानिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?