स्वास्थ्य सेवा दिवसमा गर्भवतिलाइ कोसेली

 

रामकृष्ण कडेल ,फागुन १५, गुल्मी ।
“गुणस्तरिय स्वास्थ्य सेवा,हाम्रो प्रतिबद्दता” भन्ने मुल नाराका साथ गुल्मिदरबार गाउपालिकाको बलिथुम स्वास्थ्य चौकिमा स्वास्थ्य सेवा दिवस २०७८ भब्य रुपमा मनाइएको छ ।  दिवसकै अबसरमा रोग लागिसकेपछी उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस भनी सो को लागि स्वास्थ्य आमा समुहलाइ पुनर्जागरण गरि सचेतना फैलाउन आमा समूह बैठक सन्चालन सम्बन्धी अभिमुखिकरण सम्पन्न गरियो!

अभिमुखिकरण कार्यक्रममा गर्भवती महिला, स्वास्थ्य आमा समुहका अध्यक्ष,महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिका र स्वास्थ्यकर्मी गरि ३७ जनाको सहभागिता रहेको थियो |

गाउपालिकाका कार्यबाहक अध्यक्ष मिना भण्डारी द्वारा ४ जना गर्भवती लाई जिवनको महत्वपुर्ण क्षेण मानी पोषिलो कोसेलियुक्त नाङ्लो उपहार सहित टीका र मालाले सम्मान गरिएको थियो | वडाध्यक्ष राम बहादुर पल्लिको अध्यक्षता, कार्यबाहक अध्यक्ष मिना भण्डारिको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सुआहारा गुल्मिका कार्यक्रम अधिकृत लिल बहादुर नेपाली, स्वास्थ्य शाखामा कार्यरत अधिकृत नारायण प्रसाद अर्याल र स्टाफ नर्स एलिना खड्का समेतको उपस्थिती रहेको थियो |

 दिवसको अबसरमा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथी एबम गाउपालिका कार्यबाहक अध्यक्ष मिना भण्डारिले महिला स्वास्थ्य स्वयसेबिका र स्वास्थ्य आमा समुहले सुरक्षित मात्तित्व सेवा र पोषण सेवामा विशेष योगदान दिएको औल्याउनु भएको थियो | विशिष्ट अतिथी एबम प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले स्वास्थ्य स्वयमसेबिका र स्वास्थ्य आमा समुहले स्वास्थ्य क्षेत्रमा अतुलनिय योगदान पुर्याएको र उहाहरुको कार्यक्रमलाइ थप प्रभाबकारी बनाउन आगामी निति,कार्यक्रम तथा बजेटमा प्राथमिकता दिइने बताउनुभयो |

 कार्यक्रममा बोल्दै सुआहारा गुल्मी का कार्यक्रम अधिकृत लिल बहादुर नेपालिले स्वास्थ्य आमा समूह बैठक सन्चालन र कोभिड १९ खोप को महत्व बारे प्रकाश पार्नुभएको थियो | कार्यक्रम समापन समारोहमा बोल्दै सभाध्यक्ष एबम वडा न १ का वडाध्यक्ष राम बहादुर पल्लिले स्वास्थ्य आमा समुहलाइ स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाहरुलाइ आबस्यक सहयोग गर्न आफू सदैब तत्पर रहेको बताउनुभयो |

बलिथुम स्वास्थ्य चौकिका प्रमुख जनस्वास्थ्य निरिक्षक दिल बहादुर स्वागत मन्तब्य रहेको उक्त कार्यक्रम को सहजिकरण स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो |

स्मरण रहोस आज शुरु गरिएको स्वास्थ्य आमा समूह पुनर्जागरण सम्बन्धी अभिमुखिकरण क्रमश सबै वडामा सन्चालन गरिने र २०७८ साल चैत्र मसान्त सम्म गुल्मिदरबार गाउपालिकाका ८३ वटै स्वास्थ्य आमा समूह मा पुनर्जागरण कार्यक्रम सम्पन्न गरिने स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले जानकारी गराउनुभयो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?