माओवादी वडा कमिटी अध्यक्ष सापकोटाले दिए राजिनामा ,देशद्रोही संझौता गर्न सहयोग गरेको आरोप

भुबन भुसाल , फाल्गुन १६ गुल्मी

नेकपा माओवादी केन्द्र गुल्मी चन्द्रकोट ८ न वडा कमिटीका अध्यक्ष दधिराम सापकोटाले वडा कमिटी अध्यक्ष पदबाट राजिनामा दिएको बताउनुभएको छ ।

 

माओवादी केन्द्रले देशद्रोही संझौता संसदबाट पारित गर्न सहयोग गरेको भन्दै अध्यक्ष सापकोटाले अध्यक्ष पद बाट राजिनामा दिएको लेख्नुभएको छ । सामाजिक संजाल फेसबुक मार्फत वहाँले यस्तो घोषणा गर्नुभएको हो । वहाले माओवादीले संसदिय नियमलाई उल्लंघन गरेर रातारात एमसिसी पास गरेको आरोप समेत लगाउनुभएको छ ।

 

फेसबुकमा वहाले लेख्नुभएको छ ” म नेकपा (माओवादी केन्द्र) लाई भित्री हृदयेखि समर्थन गरेको थिएं । तर संसदीय नियमलाई समेत उलङ्घन गरेर रातारात देशद्रोही संझौता पास गर्न सहयोग गरेको मलाई महशुस भएकोले आजैका दिनदेखि नेकपा (माओवादी केन्द्र) चन्द्रकोट – ८ को वडा कमिटि अध्यक्षबाट राजिनामा दिएको घोषणा गर्दछु।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?