बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला

 

नेपालगञ्ज । बाँकेको खजुरा बजारमा प्रेसर कुकर बम फेला परेको छ ।

खजुरा गाउँपालिका वडा नं ३ स्थित पृथ्वी चोकमा आज बिहान स्थानीयले प्रेसर कुकर बम देखेका थिए । घट्नास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगिररहेको बाँकेको प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

खजुरा बजारबाट ज्ञानोदाय बिद्यालय जाने चोकमा गत पुष २७ गते पृथ्वी जयन्तीका अवसरमा राप्रपाका नेता कार्यकताले पृथ्वी चोकको नामाकरण गरेका थिए । मंगलबार बिहान उक्त चोकमा बम देखिएको स्थानीयले बताएका छन् ।

बम भेटिएपछि चारैतिरबाट प्रहरीले मानिसको आवतजावत बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?