गुल्मीमा एक सय आठ शिवलिङ्ग सहितको शिवालय


भुबन भुसाल , फागुन १७ गुल्मी
गुल्मीको छत्रकोट ३ काउले पुजनडाडामा एक सय आठ शिवलिङ्ग स्थापना गरिएको छ । महाशिवरात्रीको अवसर पारेर आज मन्दिरमा शिवलिङ्ग भित्र्याइएको हो ।

यस क्षेत्रकै ऎतिहासिक पौराणिक एवं धार्मिक स्थलको रुपमा चिनिएको शिवालय मन्दिरमा यहाँका धार्मीक ब्यक्तिहरुको सहयोगमा शिवलिङ्ग ल्याइएको यस अभियानका संयोजक खिमलाल भुसालले बताउनु भयो । ” अघिल्लो बर्षको शिवरात्रीमा शिवलिङ्ग ल्याउने योजना बनेको हो , त्यै बेला नै दाताले आफ्नो क्षमता अनुसार शिवलिङ्ग सौजन्य गर्ने घोषणा गर्नुभएको थियो , यो शिवरात्रीमा ल्याइसकेका छौ ” भुसालले भन्नुभयो ।

शिवलिङ्ग स्थानीयको सहयोगमा ल्याइए पनि त्यो राख्नका लागि संरचना बनाउन भने आर्थिक अभाव भएकाले सरकारी संस्थाहरु सङ्ग पहल गर्ने तयारी मन्दिर व्यवस्थापन समितिको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?