छत्रकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फाल्गुन २० देखि

भुबन भुसाल , १८ फाल्गुन गुल्मी । छत्रकोट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता फाल्गुन २० गतेदेखी संचालन हुने भएको छ ।

छत्रकोट गाउँपालिकाको आयोजनामा संचालन हुने प्रतियोगितामा जम्मा २८ खेल संचालन हुनेछन । छात्रा छात्रको गरि विभिन्न १४ बिधाका २८ वटा खेल संचालन हुने गाउँपालिकाका शिक्षा अधिकृत टिकाराम आचार्यले बताउनुभयो ।

भलिबल , कबड्डी लगायत एथलेटिक्स अन्तर्गतका खेल संचालन गरिने वहाँले जानकारी दिनुभयो ।

बालबालिकाको शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत रुचि रहेको कुरालाई ध्यान दिदै छत्रकोट गाउँपालिकाले सोही अनुसारका कार्यक्रम समेत गर्दै गएको अधिकृत आचार्यको भनाई छ ।

सुचना हेर्नुहोस्

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?