मृगौला पीडित मधुलाई आर्थिक सहयोग

 

गुल्मी ,इस्मा गाउँपालिका ४ दोहलीका मृगौला पीडित मधु खत्रीलाई आर्थिक सहयोग गरिएको छ । इस्माबाट रोजगारीको शिलसिलामा जापानमा रहेका व्यक्तिहरुद्धारा संकलन गरिएको नगद एक लाख ५७ हजार एक सय ७६ रुपैयाँ सहयोग गरिएको हो ।

 

सहयोग रकम मधुको आमा पुनकला खत्रीलाई गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले प्रदान गरे । सहयोग हस्तान्तरण गर्दै डाक्टर पच्याले मधुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगी मनहरुप्रति आभार प्रकट गरे । जापानमा कार्यरत मधुको छिमेकी समेत रहेका गिरीप्रसाद अधिकारी र हस्तिचौर तोरीखर्कका इन्द्र बहादुर कुवंरका छोरा अतित कुवंरको बिशेष पहलमा सहयोग संकलन गरिएको हो ।

 

अभियानमा ५१ जनाले सहयोग गरेका छन् । मधुको गत सोमबार क्र्रिस मेडिकल कलेज ललितपुरमा मृगौला प्रत्यारोपण गरिएको छ । उनलाई अस्पतालको बिशेषकक्षमा राखेर थप उपचार भइरहेको मधुको श्रीमती मुना बस्नेत खत्रीले जानकारी दिइन् । मधु ट्राफिक प्रहरी हुन् ।

उनको गत भदौदेखि दुवै मृगौला फेल भएका थिए । जसका कारण विभिन्न संघसंस्था र संजाल मार्फत आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?