नेपाली कांग्रेस गुल्मीको ” सक्षम वडा , सक्षम टोल ” , छत्रकोट जित्ने अठोट , तरुण दल गठन

‘नेपाली कांग्रेस गुल्मीको अठोट, सक्षम वडा सक्षम टोल’ गुल्मीका विभिन्न वडामा तीव्र बनाइएको छ । संगठन सुदृढीकरण सचेतना अभिवृद्धि, कार्यकर्ता प्रशिक्षण लगायतका कार्यक्रम समावेश भएको उक्त अभियान कांग्रेस गुल्मीले संचालन हो ।

यसैबीच छत्रकोट-३ हर्दिनेटा गुल्मीको हिजो सम्पन्न एक औपचारिक कार्यक्रममा वक्ताहरुले एमसीसि लगायत राष्ट्रिय एजेण्डामा कांग्रेसको स्पष्ट र दूरदर्शी अडानका कारण जनतामाझ थप विश्वसनीय बनेको दाबी गरे ।

कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य राधिका न्यौपाने, छत्रकोट गाउँ कार्यसमिति सभापति घातानन्द भुसाल, जिल्ला कार्यसमितिका पूर्व सदस्य बैकुन्ठ प्रसाद पन्थ, लुम्बिनी प्रदेश ट्रेड युनियन कांग्रेस लुम्बिनीका उपाध्यक्ष शंकर प्रसाद पन्थ, तरुण दलका क्षेत्रीय सदस्य प्रेम बुचा, नेपाली कांग्रेस प्रदेश ‘ख’ सदस्य संगीता पन्थ लगायतले पार्टीको नीति र आगामी निर्वाचन केन्द्रित धारणा राख्नु भएको थियो ।

हिजो शनिबार छत्रकोट ३ नरममा सम्पन्न कार्यक्रममा खिम बहादुर गाहा अध्यक्ष , दधी काफ्ले उपाध्यक्ष रहने गरि १५१ सदस्सीय तरुण दल गाउँ समिति गठन गरेको नेपाली कांग्रेस छत्रकोट ३ का सभापती बाबुराम पन्थले जानकारी दिनुभयो ।

 

गएको निर्वाचनमा २ वडा मात्रै जितेर अरु सबै हार्दाको पीडा सम्झेर निर्वाचन लक्षित कार्यक्रममा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको नेपाली कांग्रेस छत्रकोटका सभापती भुसालले जानकारी दिनुभयो । “यो पटक कांग्रेस एक ढिक्का छ , जब कांग्रेस एक ढिक्का हुन्छ कसैले हराउन सक्दैन , यो पटक जित्नेगरी अभियान संचालन गर्छौ ” भुसालले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?