छत्रकोट गुल्मीमा एमालेको टोल कमिटि र अनेमसंघ गठन

फागुन २३, गुल्मी नेपाल कम्युनिष्ट पार्टी एमालेले गुल्मीको छत्रकोट २ मा टोल कमिटि गठन गरेको छ । एमालेले छत्रकोट गाउँपालिका वडा नं २ पल्लिकोटमा झाईनडाँडा, ग्वाघा- ढाङ्ग्रे टोल कमिटि गठन गरेको हो ।

 

दिन बहादुर टण्डनको अध्यक्षतामा २१ सदस्सीय कमिटि गठन गरी पार्टीका अभियान तथा कार्यक्रमहरुलाई स्थानीय स्तरमा समेत सशक्त रुपमा अगाडि बढाउन लागिएको राष्ट्रिय युवासंघ छत्रकोटका सचिव झविन्द्र कार्कीले जानकारी दिनुभयो ।

सचिव कार्कीका अनुसार पल्लीकोटमै हुमकला महत्राको नेतृत्वमा ३५ सदस्सीय अखिल नेपाल महिला संघ छत्रकोट २ को पनि गठन भएको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा एमाले गुल्मीले प्रचारात्मक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई तीव्र बनाएको देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?