तरुण दल पाणिनीको अध्यक्षमा लक्ष्मण पाण्डे चयन

सौर्यनारायण न्यौपाने फागुन २३, अर्घाखाँची

नेपाल तरुण दल पाणिनीको अध्यक्षमा लक्ष्मण पाण्डे चयन हुनुभएको छ ।
पाणिनी गाँउपालिका ३ दुर्घाफाँट खिदिममा आज सम्पन्न एक औपचारिक कार्यक्रमबाट नयाँ कार्य समिती चयन गरिएको हो । समितीको उपाध्यक्षमा श्रीधर पोख्रेल , सचिबमा माधब पोखे्रल र कमल घर्ती रहने गरी ४९ सदसीय कार्यसमिती चयन गरिएको छ ।

आज नै सम्पन्न कार्यक्रममा २५१ सदसिय युवा परिचालन समिती गठन गरिएको नेपाली कांग्रेस अर्घाखाँची प्रदेश ख का उपसभापती अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।

तरुण दल गठन कार्यक्रममा नेपाल तरुण दल अर्घाखाँचीका अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले अबको आसा युवा भएकाले जिम्मेवार चेतनसिल र बैचारिक भएर प्रस्तुत हुन तरुणहरुलाई आग्रह गर्नुभयो । उहाँले अबको युवा पाखुराको मात्र बलीयो नभई बलिया विचारकोे तरुण दल हुनुपर्ने बताउनु भयो ।

नेपाली कांग्रस पाणिनी ४ पटौटीका सचिव कृष्ण गैरेले संचालन गर्नुभएको कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?