तरुण दल छत्रकोट ५ खर्ज्याङ्गको अध्यक्षमा सुरेश अर्याल खत्री चयन

 

नेपाल तरुण दल छत्रकोट ५ खर्ज्याङ्गको अध्यक्षमा सुरेश अर्याल खत्री चयन हुनुभएको छ ।छत्रकोट ५ मानकोटमा आज सम्पन्न एक औपचारिक कार्यक्रमबाट नयाँ कार्य समिती चयन गरिएको हो । समितीको उपाध्यक्षमा कृष्ण सुनार,सन्तोष कुमाल,विनोद पौडेल, र गोविन्द आले चयन हुनुभयो ।

यस्तै सचिबमा विष्णु भण्डारी र रमेश नेपाली रहने गरी १०१ सदस्सीय तरुण दलको कार्यसमिती चयन गरिएको छ ।
तरुण दल गठन कार्यक्रममा नेपाली नेपाली काँग्रेस जिल्ला कार्यसमिती गुल्मीका उपसभापति अनन्तराम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले अबको परिवतर्नको आधारशीला युवा भएकाले जिम्मेवार चेतनसिल र जिम्मेवार भएर प्रस्तुत हुन तरुणहरुलाई आग्रह गर्नुभयो । सहसचिवमा सुदन कँडेल,गोपाल सोमरे,गीरबहादुर रेश्मी, राधा थापा र रंजना सुनार छनौट भएको तरुण दल छत्रकोटका नेता विष्णु पन्तले जानकारी दिनुभयो ।

यसैगरी नवगठित समितीको कोषध्यक्षमा टीका सूर्यवंशी चयन हुनुभएको छ । तरुण दल खजर््याङ्गका निवर्तमान अध्यक्ष मोहन घर्तीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन विष्णु पन्तल गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?