मुसिकोटको पाँचौ स्थापना दिवस : पत्रकार र कलाकार सम्मानदेखि परिसंवाद, निबन्ध र खेलकुदसम्म

गुल्मी ।
मुसिकोट नगरपालिकाले पाँचौ नगर दिवस भव्यताका साथ सम्पन्न गरेको छ । दिवसको अवसरमा नगरभित्रका बिद्यालयहरुबिच ‘मेरो सपनाको मुसिकोट’ बिषयक निवन्ध प्रतियोगीता सम्पन्न भएको छ । जसमा नेपाल राष्ट्रिय मावि मुसिकोट ५ की छात्रा सुधा खराल प्रथम भएकी छन् । जनजागृति माविका मुसिकोट ३ की छात्रा दिया थापा द्धतिय भएकी छन् ।

 

जनज्योति मावि मुसिकोटका मिलन रायमाझी तृतिय भएको मुसिकोट नगरपालिकाको प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । त्यस्तै भलिवलमा बिष्णु प्रसाल फुल्देलको समुह र व्याटमिण्टनमा प्रकाश नेपाली र बिक्रम रायमाझीको समुह बिजेता बनेका छन् ।

नागरिककै उपस्थितीमा परिसंवाद

मुसिकोट नगरपालिकाले नागरिकको उपस्थितीमा राजनैतिक दल र प्रशासनबिचको सम्बन्ध बिषयक परिसंवाद पनि सम्पन्न भएको छ । स्थानीय तहको पहिलो कार्यकालमा जनप्रतिनिधीका अनुभव, काम र कार्यान्वय प्रक्रियामा कर्मचारी र जनप्रतिजिनीबिचको सम्बन्ध तथा सहकार्य आम नागरिकलाई जानकारी दिने उदेश्यले परिसंवाद राखिएको थियो । यो स्थानीय तह मध्येको नौलो अभ्यास हो ।

 

मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटा, उपमेयर कमला शर्मा, प्रमुख प्रशाससकीय अधिकृत खिमानन्द भुसाल र स्वतन्त्र बिज्ञको रुपमा अकोराबका केन्द्रिय सदस्य रामनारायण सुवेदी रहेका थिए । परिसंवादको सहजीकरण पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिए ।

पत्रकारदेखि कलाकार सम्मान

मुसिकोट नगरपालिकाले मुसिकोट नगरपालिका भित्र जन्मिएर पत्रकारिता र कलाकारितामा लामो समय काम गरिरहेका व्यक्तिहरुलाई सम्मान गरेको छ । जिल्लाको पत्रकारितामा लामो समय क्रियाशिल पत्रकार जर्नादन घिमिरेलाई नगरपालिकाले सम्मान गरेको छ । उनले दुई दशक बढि जिल्लामा पत्रकारिताको क्षेत्रमा कलम चलाईरहेका छन् । साथै नगरले पत्रकार प्रेम सुनारलाई पनि सम्मान गर्ने योजना बनाएको थियो । सुनार कार्यव्यस्तताले उपस्थित भएनन् । नगरले एक दर्जन कलाकारहरुलाई पनि सम्मान गरेको छ ।

राष्ट्रिय कलाकार उज्जल गिरी, ओवि रायमाझी, बिष्णु श्रीपाली लगायतका कलाकारहरुलाई सम्मान गरिएको नगरपालिकाका कम्प्युटर अपरेटर गोविन्द कंडेलले जानकारी दिए ।

सवै बाचा पुरा नभएपनि सुरु भएका गरेका छौ

मुसिकोट नगरपालिकामा मेयर सोमनाथ सापकोटाले निर्वाचनमा नागरिकबिचमा गरिएका सवै बाचा पुरा नभएपनि सुरुवात गरिएको बताए । परिसंवादमा नागरिकबिचमा कुरा गर्दै सापकोटाले चुनावको भावना र कार्यान्वय फरक कुरा भएकाले पुर्वाधार, कृषि पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य र आर्थिक सामाजिक क्षेत्रमा थुप्रै काम गरिएको बताए । उनले संघियताको कार्यान्वयन, कम श्रोत साधधन, पहिलो अनुभव, कानुन र पालिकाकै विभिन्न संरचना निर्माण तथा कर्मचारी एवं प्राविधीक समस्याका कारण सवै काम पुरा गर्न नसकिएको बताए । धेरै कामको सुरुवात भएकाले आगामी नेतृत्वले पुरा गर्नुपर्नेमा जोड दिए ।

उपमेयर कमला शर्माले फिल्डमा जाँदा नागरिकका जागेको आशा र उत्साहले आफुहरु सफल देखिएपनि अझै केहि सामाजिक काम बाँकी रहेको बताइन् । उनले आवश्यकता पुरा हुँदा पनि असन्तुष्टि कम नभएकाले नागरिक कर्तव्य जागरण आवश्यक रहेको प्रतिक्रिया दिइन् । प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले भुगोलले मुसिकोटको समृद्धिमा ठुलो टेवा पुग्ने भएकाले सवैको सहयोग आवश्यक रहेको बताए । उनले कर्मचारी र जनप्रतिनिधीबिचको सुमधुर सम्बन्धबिना स्थानीय तहले उपलब्धि हाँसिल नगर्ने बताउँदै अहिलेसम्म सौहार्दपूर्ण रुपमा काम गरिएको बताए ।

स्वतन्त्र बिज्ञ रामनारायण सुवेदीले निर्वाचनमा राजनैतिक दलले भावना र आवेकमा बढि आशा बाँडेका कारण नागरिकमा निराशा देखिएको बताए । उनले आफ्नो दलले गरेका नराम्रा काम पनि छोप्ने र प्रतिपक्षका राम्रा कामको पनि बिरोध गर्ने राजनीतिक सोँच र प्रवृतिका कारण पनि स्थानीय तहको बारेमा नागरिकमा गलन सन्देश प्रबाह भइरहेको बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?