प्रदिप ज्ञवाली रेसुंगा बिमानस्थल निरिक्षणमा , अब गिद्ध उडेको फोटो राखेर गिज्याउनेहरुलार्ई पछुतो हुने भनाइ

गुल्मी, २४ फागुन

पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले रेसुंगा बिमानस्थलको धावन मार्गको कालोपत्रेका बिषयमा असन्तुष्टि जनाउनु भएको छ । मंगलबार बिहान बिमानस्थलको निरिक्षण गर्दै ज्ञवालीले कालोपत्रे सवैले आहा ! भन्ने स्थितीमा नरहेकाले प्रशासन, नगरपालिका र स्थानीयलाई निर्माण व्यावसायीलाई सचेत बनाउन आग्रह गर्नुभयो ।

 

बिमानस्थलको महत्वपूर्ण संरचना धावन मार्ग भएकाले संचालन पुर्वनै सतहको फिनिसिङ मिलाउनुपर्नेमा जोड दिनु भयो । गुल्मीको बहुप्रतिष्ठित आयोजना रेसुंगा बिमान स्थल नियमित उडानको प्रतिक्षामा रहेको छ । तर, नागरिकका बिचमा बिचिन्न आशंकाहरु रहेका छन् । पुर्वमन्त्री तथा गुल्मी क्षेत्र नं १ का सांसद प्रदिप ज्ञवालीले आउने बैशाखबाट नियमित उडान हुनेमा स्थानीयलाई विश्वास दिलाउनु भयो ।

 

वहाँले नेपाल एयरलायन्स र प्राइभेट कम्पनीसंग धेरै पटक संवाद भएकाले काम सकिने बित्तिकै उठान हुने बताउनु भयो । ‘प्राइभेट कम्पनीहरु बिमानस्थलको प्रतिक्षामा छन् । म संरचनाको काम हुने बित्तिकै नियमित उडान हुनेमा ढुक्क छु,’उनले भने,‘ यो कुनै चुनावी प्रचार होइन ।’ वहाँले गिद्ध उडेको फोटो राखेर आलोचना गर्नेहरुको समेत प्रसंसा गर्दै जहाज चढ्ने गुल्मेलीको सपना कुनै अवस्थामा पुरा हुने बताउनु भयो । ०६३ सालमा शिलन्यास गरेपनि जग्गा, बजेट, सरकार परिवर्तन, योजनाका झन्झटिला प्रक्रिया र कोभिडको कारण समयमै काम नसकिएको ज्ञवालीले बताउनु भयो ।

सुरक्षा प्रबन्ध मिलाउन सिडिओलाई निर्देशन

पुर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जिल्ला सुरक्षा समितिबाटबाट बिमान स्थलको सुरक्षा प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललाई निर्देशन दिए । बिमानस्थल सुरक्षाको दृष्टिकोणले संवेदनशिल हुन्छ । जसका कारण जिल्ला प्रशासनले आजैबाट सुरक्षाको बिषयमा चासो र योजना बनाउन आग्रह गर्दै बिमानस्थलबाट तम्घाससम्मको सर्भसुलभ यातयातको व्यावस्था गर्न नगरपालिकाले सोच्नुपर्नेमा ज्ञवालीले जोड दिनुभयो ।

उडान पहिले धावनमार्ग मार्किङ, टर्मिनल भवनको बाँकी काम पुरा गर्न निर्माण व्यासायीलाई आग्रह गर्नुभयो । उनले अब निर्माण व्यावासायीले कुनै बाहानामा काम ढिला गर्ने अवस्था नरहेको बताउनु भयो ।

बिमानस्थलको काम अन्तिम चरणमा

रेसुङा विमानस्थलको काम अन्तिम चरणमा रहेको छ । धावन मार्ग कालोपत्रे गर्ने काम लगभग सकिएको छ । धावन मार्गमा मार्किङ र केहि सामान्य काम बाँकी रहेको निर्माण व्यावसायीले बताए । त्यस्तै टर्मिनल भवन र कन्ट्रोल टावर कलर, सिसा, धारा, फिनिसिङ, र टायलको काम भएकाले एक÷डेढ महिनामा सवै काम सकिने बि–कोई श्रेष्ठ जेभीका निर्माण व्यावसायी हरि कुमार श्रेष्ठले जानकारी दिनुभयो।

 

४ चैत ०७६ मा चार करोड पाँच लाख २९ हजार छ सय १० रुपैयाँमा बि–कोई श्रेष्ठ जेभीले निर्माण सम्झौता गरेको हो । त्यस्तै रौताहा हरि–हरि जेभीले सात करोड २५ लाख रुपैयाँमा धावन मार्गको काम गरेको थियो । धावन मार्गको पाँच सय २० मिटर लम्बाई र २० मिटर चौडाइको रहेको छ । त्यस्तै बिमानस्थल घेराबारको काम सकिएको छ ।

मौसम हरिस निर्माण सेवा डोल्पाले ०७६ पुस १६ मा ९१ लाखमा घेराबारको कामको गरेको विमान स्थल सहायक आयोजना प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिनुभयो । रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा निर्माणाधिन विमानस्थलमा २७ जेठ ०७५ मा परीक्षण उडान गरिएको थियो । रेसुङ्गा विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदिप कुमार ज्ञवालीले शिलन्यास गर्नुभएको हो ।

सुरुका बर्षमा निर्माण समितिले काम गरिरहेको थियो । तर, जग्गा अधिकरण र बजेटको अभावले करिव सात÷आठ बर्ष बिमानस्थल निर्माणले गति लिएन् । ०७२ सालबाट बिमानस्थल निर्माणको काम नियमित भएको रेसुंगा नगरपालिकाका प्रवक्ता पदम अर्यालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?