नारी दिवसको रौनक : इस्मामा महिला स्वास्थ्यस्वयसेविक सम्मान

 

गुल्मी, २४ फागुन
इस्मा गाउँपालिका गुल्मीले ११२ औ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा पालिका भित्रका सवै महिला स्वास्थ्य स्वयसेविकलाई सम्मान गरेको छ । समुदायमा स्वास्थ्य शिक्षा सचेतना, उपचारसंगै कोभिडमा महिला स्वास्थ्य स्वयसेविकाले खेलेको भूमिकाको उच्च प्रसंसा गर्दै सम्मान गरिएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै पुर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्टले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा माथि उठाउनुपर्ने बताउनु भयो । कार्यक्रम इस्मा गाउँपालिकाले इस्मा गाउँपालिका २ हस्तिचौरको पालुखा माविमा आयोजना गरेको थियो ।

सोहि अबसरमा ग्रामीण महिलाहरु अधिकारसंगै आर्थिक तथा सामाजिक रुपमा पछाडी परेकाले सशक्तिकरण र उद्यम आवश्यक रहेको बिष्टले बताउनु भयो । वहाँले तीन वटै सरकारले पुर्वाधारलाई प्राथमकिता दिने र सडकलाई मात्रै विकास ठान्ने सोचका कारण सामाजिक सोच र चिन्तनमा परिवर्तन नहुँदा आर्थिक उर्पाजनका क्रियाकलाप कम संचालन भएको बताउनु भयो । पुर्व मन्त्री बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा निकै मिहेनत गरेर हेफर प्रोजेक्ट संचालन गरेकाले अहिले स्थानीयतहहरुले परियोजनासंग समन्वय गरेर कृषि र पशुको माध्यमबाट आर्थिक उपार्जनमा जोडन सकिएको बताउनु भयो ।

 

 

इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले गाउँपालिकाले बिभिन्न उत्सव र दिवसहरुमा गाउँपालिकाले स्वास्थ्यकर्मी, जेष्ठ नागरिक र अपाङहरुलाई सम्मान गर्दै आएको बताउनु भयो । वहाँले निर्ब्याजी कर्जा, प्रधानमन्त्री स्वरोजगार र सामुदायिक बाख्रा विकास परियोजना मार्फत थुप्रै महिलाहरुलाई उद्यमसंग जोडेर आर्थिक उर्पाजनको बाटोमा अगाडी बढाएको बताउनु भयो ।

 

इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले सचेत बर्ग नै अचेत रहेको टिप्पणी गर्नु भयो । वहाँले महिला तथा सामुदायीक सचेतनाका कार्यक्रम माग गर्दा कार्यपालिकादेखि कार्यक्रम कार्यान्वयनका सन्दर्भमा थुप्रै असहयोग व्यहोर्नु परेको गुनासो गर्नु भयो । ‘मैले मदिरा र कोभिड नियन्त्रणमा जनप्रतिनिधी र नेताहरुले असहयोग गरे,’उनले भनिन,‘सवैभन्दा पहिला सोँचमा परिवर्तन हुनुपर्छ ।’

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?