आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु

जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित भिरखर्क सामुदायिक जंगलमा लागेको लागेको आगो निभाउने क्रममा मंगलबार दिउँसो २६ वर्षीय मबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सोही आगलागीमा परी मृतक बोहराका भाइ २१ वर्षीय मबहादुर बोहरा गम्भीर घाइते हुनुभएको छ। सोमबर रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन्। जंगलमा लागेको आगो बस्तीमा आउन थालेपछि आगो निभाउने क्रममा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी वीरेन्द्रराज गुरुङले जानकारी दिनुभयो।

उहाँका अनुसार मृतक बोहराका भाइको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको छ। मृतकको शव पोष्ट मार्टमको लागि बेनी अस्पताल ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?