नेपाल महिला संघ गुल्मी क्षेत्र न. १ ले मनायो अन्तराष्ट्रिय श्रमिक महिला दिवस


भुबन भुसाल , फागुन २५ गुल्मी
नेपाल महिला संघ गुल्मी क्षेत्र न. १ ले अन्तराष्ट्रिय महिला श्रमिक दिवस मनाएको छ । छत्रकोट गाँउपालिका वार्ड न. ३ भालुपानीमा अवस्थित देबि मन्दिर परिसरमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरुले अब महिलाहरु आर्थिक उपार्जनको बाटोमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल महिला संघ छत्रकोट सभापती राधिका न्यौपानेको अध्यक्षतामा संचालीत कार्यक्रमको प्रमुख अतिथि नेपाली कांगेसकि महाधिबेसन प्रतिनिधी जमुना न्यौपाने हुनुहुन्थो ।

११२ औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस गुल्मी क्षेत्र नं १ का सभापती पारिश्वर ढकालले प्रत्येक महिला आफैमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिंदै व्यवसायीक कर्ममा लाग्न सुझाब दिनुभयो । नेपाली महिला संग सिपको भण्डार छ तर त्यसलाई व्यवसायीकतामा बदल्न तर्फ लाग्न नसकिएको भन्दै वहाँले आफुले जानेको बत्ति काट्ने , टपरी खुट्ने , अचार बनाउने कामलाई व्यवसायीक बनाउन सके पनी महिला आत्मनिर्भर बन्न सक्ने तर्फ सचेत गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल महिला संघ छत्रकोट सभापती न्यौपानेले महिला अब शसक्त भएर राज्यका हरेक क्षेत्रमा कृयाशिल हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांगेस गुल्मी क्षेत्र नं १ प्रदेश सभा ख का सभापती संतोष गौतम, जिल्ला सदस्य गोपाल पाण्डे, क्षेत्रीय सदस्य प्रेम बुचा , गाँउ समिति सचिब जनाद्र्दन पौडेल लगायतको उपस्थिती रहेको थियो ।

आज नै सोहि कार्यक्रममा नेपाल दलित सघं छत्रकोटको समेत गठन गरिएको छ ।
छबिलाल नेपाली अध्यक्ष रहने गरि २१ सदसिय नेपाल दलित संघ गठन गरिएको नेपाली कांगेस क्षेत्रीय सदस्य प्रेम बुचाले जानकारी दिनुभयो । नेपाल दलित सघंको गठन कार्यक्रममा नेपाल दलित सघंका नेता लुम बहादुर सुनारको उपस्थिती रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?