दु :खद खबर – बस दुर्घटनामा १४ जनाको मृत्यु

मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि धरान लगिएको छ । सेनाको हेलिकोप्टरबाट पाँच जना घाइतेलाई धरान लगिएको हो ।

युवा पोखरेल, सुवास गोले, तुलसा कटुवाल, करिष्मा तामाङ र डम्बर कार्कीलाई उपचारका लागि धरान लगिएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार मृतक १४ जनाकै सनाखत हुँदैछ । मृत्तकको शव पोष्टमार्टमका लागि चैनपुर, अस्पताल लगिएको छ ।

बिहीबार बिहान मादीबाट झापाको दमक हिँडेको बस सडकबाट करिब ४ सय मिटर तल खसको थियो । उक्त बसमा चालक दलसहित १९ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?