गुल्मीको रुरुक्षेत्रमा राष्ट्रिय युवासंघ नेपालको वडाकमिटि गठन

दुर्गा घायल फागुन २६
गुल्मीको रुरुक्षेत्र वडा नं १ मा राष्ट्रिय युवासंघ नेपालको वडाकमिटि गठन भएको छ । आज सम्पन्न युवा भेलाबाट वडा कमिटि गठनभएकोहो ।भेलामा नबनिर्बाचित अध्यक्ष महेश कडेल,उपाध्यक्ष कमल ज्ञवाली , सचिव विवेक थापा,उपसचिब विष्णु ज्ञवाली र शिब ज्ञवाली , कोषाध्यक्ष बिज्ञान कालिराज सहित ३५ सदस्य वडा कमिटि लाइ हार्दिक बधाइ ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरियो ।

भेलामा नेकपा एमाले जिल्ला कमिटि सदस्य हिमाल श्रेष्ठ युवा संघ नेपाल केन्द्रिय सदस्य मोति श्रेष्ठ युवा संघ नेपाल जिल्ला सचीव विमल ज्ञवाली लगायतका वक्ताहरुले संबोधन गर्नुभयो ।उहाँहरुले देशको समग्र विकास तथा समृद्धिका लागि नेकपा एमालेको विकल्प नभएको उल्लेख गर्नुभयो । रुरुक्षेत्रको विकासका सन्दर्भमा वास्तविक आवश्यकता पहिचान गरी पार्टीले निरन्तर काम गरिरहेको वक्ताहरुको भनाई थियो ।

त्यस्तै जिल्ला समन्वय उपाध्यक्ष तुलसी श्रेष्ठ नेकपा एमाले रुरुक्षेत्र गाउँ कमिटी उपाध्यक्ष लक्ष्मी भट्टराई नेकपा एमाले १ नं वडा कमिटी अध्यक्ष नवराज बि क लगायतले आगामी निर्वाचनमा संगठन र युवाहरुको भूमिका चुस्तदुरुस्त हुने विश्वास व्यक्त गर्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमको अध्यक्षता सुन्दर भण्डारीले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?