जंगलमा भेटिए सकेट बमका खात, डिस्पोज गर्न टोली जाँदै

रुकुम पूर्वको एक जंगलमा एक दर्जन बढी सकेट बम फेला परेका छन् ।सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा सकेट बम फेला परेको वडाध्यक्ष जीवन केसीले जानकारी दिए । बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले वडा कार्यालयलाई जानकारी गराएका थिए । त्यसपछि वडा कार्यालयले प्रहरीलाई खबर गरेको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले कालो प्लाष्टिकको ड्रमभित्र एक दर्जन बढी सकेट बमजस्तो देखिने वस्तु फेला परेको बताए ।

सो क्षेत्रमा माओवादीको प्रभाव पर्ने भएकाले ती वस्तु द्वन्द्वकालमा लुकाएर राखिएका बम नै हुन सक्ने प्रहरीले जनाएको छ । शंकास्पद वस्तु निष्कृय पार्न नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको छ ।

श्रोत :अनलाइन खबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?