आज फागुन २८ गते शनिबारको राशिफल, यी राशिलाइ परेको छ नसोचेको लाभ

 

मेष राशि हुनेहरुको लागि आजको दिन राम्रो छ । प्रगतिपथको शुभारम्भ गर्न उपर्युक्त समय छ । खासगरी पुरुषहरुले आजको दिन पीपलपूजा र कन्यापूजा गर्नु राम्रो हुन्छ । विहानको खानापूर्व कन्यालाई सामान्य दानदक्षिणा प्रदान गरी खुशी बनाउनु फदलदायी देखिन्छ । दिनको उत्तराद्धभन्दा आरम्भकाल राम्रो रहनेछ ।

वृष राशिका लागि पनि आज लाभकर संयोग देखिन्छ । पुराना तथा रोकिएका काम फत्ते हुने यो छ । आजको दिन तपाइँको नयाँ योजना बनाउने दिन हो । तर, यात्राको काम भने प्रातकालमा मात्र शुभ छ । विहान स्नानपछि शनिदेवको मन्त्र जप तथा रुद्राक्षपूजा गरेमा थप उपलब्धि हासिल हुने देखिन्छ ।

मिथुन राशिका लागि भने आजको समय त्यति उपयुक्त भन्न मिल्दैन किनकि, तपाँइको आज बृहस्पति दमनको समय छ । तसर्थ लाभको भन्दा हानीको काममा तपाइँमाथि उक्साहट हुन सक्छ । विरोधीहरु सक्रिय भएरलाग्न सक्छन् । त्यसका विरुद्ध तपाइँ उच्च आत्मबलका साथ अघि बढ्नुपर्छ ।

कर्कट राशि भएकाहरुको लागि मध्यम समय छ आज । शैक्षिक तथा प्राज्ञिक क्षेत्र सफल तर, आर्थिक मामलामा अवरोध सिर्जना हुन सक्छ । समाधानका लागि गणेशस्तुति पश्चातको पीपलपूजा तपाइँका लागि श्रेयस्कर हुन सक्छ । सन्ध्याकालीन समयमा छोटो शनिपूजा फलदायी हुन सक्छ ।

सिंह राशिलाई छ मिश्रित योग, लाभ लिन सकिने

सिंह समय मध्यम छ तर, परिश्रमले उत्कृष्ट बनाउनुपर्ने अवस्था छ । आफन्तहरुबाट अपेक्षित सहयोग नपाउन सकिन्छ साथै विश्वासको संकट आइलाग्ला तथापि, दिनको उत्तराद्र्ध सफलउन्मुख देखिन्छ । गोप्य योजना अरुमाझ नसुनाउँदा नै राम्रो होला । आर्थिक पक्ष चाहिँ सवल छ ।

 

कन्या नतिजामुखी समय छ र पनि, यसको सदुपयोग गर्न अवरोध सिर्जना हुन सक्छ । त्यसका लागि शनिदेवको छोटो मौनस्तुति लाभदायक रहनेछ । पढाइलेखाइको काममा रुचि लाग्नेछ । मध्यान्हपछिको यात्रा र योजना सफल हुने देखिन्छ तसर्थ, यात्रा गर्नुपरे आधादिन व्यतित भइसकेपछि मात्र गर्नु राम्रो छ ।

 

मकर आजको दिन अनावश्यक झमेला तथा तनाव उत्पन्न होला । नगरेका कामको गल्ती देखाउन खोज्नेहरु बलिया देखिन्छन् । शारिरीक कष्टका कारण मन खिन्न हुन सक्छ । बोल्दा सावधानी अपनाउनु निकै बुद्धिमतापूर्ण होला । काम, योजना तथा गन्तव्यमा नचिताएको अवरोध आउन सक्छ त्यसकारण, नयाँ काम गर्न केहीछिन प्रतिक्षा गरेकै वेश हुने देखिन्छ ।

 

वृश्चिक समय वलवान छ । शत्रुहरु आफै बाटो लाग्नेछन् । पुराना तथा रोकिएका कामहरु सम्पन्न हुने योग जुरेको छ । स्वास्थ्य राम्रो छ, व्यवसाय तथा पशुपालनमा राम्रो योग परेको छ । अरुको साथ रसहयोग तथा आफ्नै बलवुताको समिश्रणबाट कामहरु फत्ते हुनेछन् ।

शास्त्र भन्छ  : धनुलाई सावधानी अपनाएकै राम्रो

धनु राशि हुनेहरुको आजको दिन मध्यम रहेको छ । मनमा शान्ति र उमंग छाउने छ, तर आर्थिक मामलामा सामान्य तनाब उत्पन्न हुन सक्छ । प्रात कालको स्नान पस्चात लक्ष्मी पुजा गर्नु तथा बृक्ष पुजा बाट राम्रो फल प्राप्त हुन सक्छ । धातुहरुको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला ।

 

कुम्भ राशिवालाहरुलाइ भने आज विशेष दिन रहेको छ । धेरैदिनपछिको संयोगबाट बृहस्पति र चन्द्रमाको स्थान विशिष्ठ रहन पुगेकाले उत्तम फल प्राप्त हुनेछ । नयाँ सामान किनमेल तथा सम्पत्ति खरिद गर्नपरेमा आजको दिन छनौट गर्ने सल्लाह दिन मिल्छ । यस्तो खालको योगलाई थप फलदायक बनाउन गणेश र विष्णुको विधिपूर्वकको पूजा खास महत्वपूर्ण हुन्छ ।

 

मीनराशिको लागि आज कर्मअनुसारको फल मिल्ने योग छ । विहानभन्दा मध्यान्हपछिको समय लाभदायक छ । सन्ध्याकालीन समयमा गरेका कामहरु तुलनात्मक रुपमा सफल हुनेछन् । साथीसँगीसँगको सँगतमा भने ध्यान दिनुपर्ने देखिन्छ । आफ्नै ठानिएकाहरुसँग पनि समदुरीको सम्बन्ध बनाउनु उत्तम हुनेछ । आर्थिक र स्वास्थ्य क्षेत्र राम्रो छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?