गुल्मीका यी स्थानहरुमा आज दिनभर बिजुली काटिने

 

नेपाल विधुत् प्राधिकरण गुल्मी वितरणकेन्द्रले लाइन नजिकका रुख कटान गर्न लागेकाले आज दिनभर गुल्मीका धेरै ठाउँमा विधुत् आउनेछैन । प्राधिकरणले गर्न लागेको बुस कटिङ्का कारण विधुत् आपुर्ति बन्द हुने भएका हो । बीरवासदेखि तमघाससम्मको ३३ के भी लाइन नजिकका रुखका हाँगा काट्न लागिएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, बलिथुम फिडरमा पनि बुसकटिङ् हुनेछ । जसका कारण बिहान आठ बजेदेखिबेलुका ५ बजेसम्म बत्ती नआउने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

बुसकटिङका कारण गुल्मीदरवार, मदाने, इस्मा, धुर्कोट र मालिका गाउँपालिका साथै रेसुङ्गा र मुसिकोट नगरपालिकामा विधुत् आपुर्ति बन्द गरिनेछ । काम छिटै सकिए तोकिएको समयभन्दा पहिला पनि विधुत् आपुर्ति सुचारु हुन सक्ने प्राधिकरणले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?