बेँहोरे तथा भाडगाउँलेहरुको गुल्मी काठमाडौं समाज समिती गठन

 

गुल्मेलीहरुको एक समुहले भाडगाउँ तथा बेँहोरे रेसुङ्गा ३ गुल्मी काठमाडौं समाज समिती गठन गरेको छ । रेसुङ्गा न.पा ३ भाडगाउँ तथा बेँहोरे आसपासबाट काठमाडौ पुगेका गुल्मेलीहरुको आज काठमाडौंमा सम्पन्न भेलाले उक्त समिती आज सम्पन्न भेलाले उक्त समिती गठन गरेको रमा खत्री पन्थीले जानकारी दिनुभयो । ठाकुरचन्द्र के. सी.को संयोजकत्वमा आयोजित भेलाले नवीन मरासिनीको अध्यक्षतामा सात सदस्सीय समिती बनाएको हो ।

संपर्क समितीको उपाध्यक्षमा गोपाल बस्नेत, सचिव रमा खत्री पन्थी, सहसचिव सन्तोष कुवंर र कोषाध्यक्षमा निर्मला के.सी चयन हुनुभयो ।
सदस्यहरुमा महेश भण्डारी र टोपबहादुर खत्री चुनिनुभएको छ । यस्तै निम बहादुर के.सी को संयोजकत्वमा सल्लाहकार समिती पनि बनाईएको छ । जसको सदस्यहरुमा ठाकुर के.सी, गनु मरासिनी, दीपक के.सी र सीता के.सी चयन हुनुभएको छ ।

३ भाडगाउँ तथा बेँहोरे आसपासबाट काठमाडौलाई कार्यथलो बनाईरहेका हामीहरुबीच भ्रातृत्व विकास तथा सबै कार्यमा समन्वय गर्ने उद्धेश्यका साथ समिती बनाएका छौँ, अध्यक्ष नवीन मरासिनीले भन्नुभयो आपसी सरसहयोग आदानप्रदान गर्ने, संपर्क स्थापित गर्ने र कसैलाई समस्या भएमा सामुहिक समाधान गर्न सघाउ पु¥याउने नै हाम्रो मूल उद्धेश्य हो ।

सो अवसरमा थानकोटको त्रिभुवन पार्कमा एक सयभन्दा बढीको संख्यामा भेला भएका गुल्मेलीहरुले वनभोज तथा मनोरन्जनात्मक कार्यक्रम गरेका तस्वीरहरु सामाजिक संजालमा पोष्ट गरेका छन् ।

उक्त भेलामा रेसुङ्गा न.पा ३ भाडगाउँ गुल्मीका पत्रकार तथा चर्चित युट्युवर मोहन बस्तेतलाई सम्मान समेत गरिएको छ । सम्मान ग्रहणपश्चात पत्रकार बस्नेतले सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?