गुल्मीको पल्लीकोटमा नेकपा एमालेको भ्रातृ संगठन नेपाल उत्पीडित जातीयमुक्ति समाज गठन

नेपाल कम्युनिष्ट पार्टी (एमाले ) छत्रकोटले संगठन विस्तार तथा कार्यक्रर्ता प्रशिक्षणलाई तीव्र बनाएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै एमालेले पार्टीका भ्रातृ संगठन, टोल कमिटी तथा मातहतका सबै कमिटीहरुलाई थप क्रियाशिल बनाएको हो ।

यसै शिलशिलामा आज छत्रकोट २ पल्लीकोटमा सन्तोष परियारको अध्यक्षतामा नेपाल उत्पीडित जातीयमुक्ति समाज गठन गरेको छ । नेकपा एमाले छत्रकोट गाउँकमिटि अध्यक्ष पिताम्बर अर्यालको प्रमुख आथित्यतामा आयोजित एक कार्यक्रमका बीच उक्त संगठन गठन गरिएको हो ।

नेकपा एमाले छत्रकोट २ पल्लीकोट कमिटिका अध्यक्ष दुर्गा सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नेपाल राष्ट्रिय युवासंघ छत्रकोटका सचिव झविन्द्र कार्कीले गर्नुभयो ।

त्यस्तै, पल्लीकोटकै ठूलापोखरामा प्रेम बहादुर नेपालिको अध्यक्षतामा २१ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एमाले) ठुलापोखरा टोल कमिटी गठन गरिएको राष्ट्रिय युवासंघ छत्रकोटका सचिव झविन्द्र कार्कीले जानकारी दिनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?