नेपाली कांग्रेसको “घर घर जाउ कांग्रेस जिताउ” अभियान गुल्मीमा पनि सुरु

नेपाली कांग्रेसले आज देखि “घर घर जाउ कांग्रेस जिताउ” अभियान सुरु गरेको छ । यस्तै कार्यक्रम अनुरुप नेपाली कांग्रेस गुल्मीले पनि आज बाट घर घर जाउ कांग्रेस जिताउ अभियान सुरु गरेको हो। यो अभियान १ महिना सम्म चल्ने नेपाली कांग्रेस गुल्मीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई केन्द्रीत गरि यो अभियान प्रारम्भ गरिएको हो ।कांग्रेसका उमेदवारलाई जिताउन मतदातालाइ अपिल गरिने कांग्रेस गुल्मीले बताएको छ । जन गुनासो छलफल गर्ने र आफ्ना कुरा भन्ने र जनताको कुरा सुन्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पत्रकार सम्मेलनका प्रमुख अतिथी दिनेस कोइरालाले बताए ।

अन्य पाटिसङ्ग मित्रता बढाउदै लैजाने समेत प्रमुख अतिथि कोइरालाले बताए । अबको निर्वाचनमा राजनीतिक अवस्था हेरेर आवश्यकता अनुसार गठबन्धन गरिने र यसको जिम्मेवारी स्थानीय तहलाई दिने नेपाली कांग्रेस गुल्मीका पाटी सभापति खिलध्वज पन्थीले जानकारी दिए ।

पाटिभित्रको अन्तरघातलाई न्यून गर्ने तर्फ समेत लागेको सभापति पन्थीले बताए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेस कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्व रहेको थियो । सम्मेलनमा जिल्ला स्थित नेता तथा पत्रकारको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?