अर्घाखाँचीमा सबै निर्वाचनमा तालमेल गरी चुनाव लड्ने गठबन्धनको निर्णय

पत्रकार सम्मेलन अर्घाखाँचीमा सबै निर्वाचनमा तालमेल गरी चुनाव लड्ने निर्णय गठबन्धनले गरेका छन् । नेकपा एमालेइतरको पाँच दलीय गठबन्धनले स्थानीय, प्रदेश र संघ अर्थात प्रतिनिधीसभा निर्वाचनसम्म गठबन्धन कायम राखी चुनाव लड्ने निर्णय गरेका हुन् ।

 

सो विषयमा जानकारी दिन अहिले सन्धिखर्कमा पत्रकार सम्मेलन भइरहेको छ । टिकटमा हुने भागबण्डाको बारे अहिलेसम्म केही बाहिर आएको छैन ।

सहमतिको पुरा विवरण प्राप्त हुन बाँकी छ । यसले त्यहाँ एमालेलाई असर पर्ने देखिन्छ । जिल्लामा क्रियाशील नेपाली कांग्रेस, नेकपा माअ‍ेवादी केन्द्र, नेकपा एककिृत समाजवादी र राष्टिय जनमोर्चाबीच भद्र सहमति बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?