आज चैत्र १ गते मंगलबार राशिअनुसार कस्तो छ तपाइको भाग्य ? मंगलबार जन्मेकाले यसो गर्नुहोस्

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अतिरिक्त आम्दानीका लागि कुनै व्यवसाय, पेसा वा नोकरीका बारेमा आकर्षण छ भने अनुभवी र जान्नेबुझ्नेको राय लिएर अघि बढ्दा जाति हुन्छ । सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ, महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्ने दिन हो ।

बृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बन्दव्यापार र कारोबारमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो । असाध्यै गतिलो दिन छ, किनकि आज तपाईंको घरमा शुभताले प्रवेश गर्नेछ । हरेक क्रियाकलापमा परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन पनि प्रसन्न रहनेछ । भविष्यमा केही गर्नसक्छु भन्ने आत्मविश्वास जाग्ने राम्रो दिन छ । आलस्य नगरी नयाँ विषयको जानकारी लिएमा बौद्धिक क्षमतामा बृद्धि हुनेछ ।

मिथुन ९का, कि, कु, घ, ङ, छ, के, को, ह० –

धन, मान र प्रतिष्ठामा विकार भएको समय छ, अतस् जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै दायित्व र जिम्मेवारीप्रति हेलचक्र्याइँ गर्नुहुँदैन । कार्यालयमा कामको चाप बढेको देखिन्छ, तर पारिवारिक समस्या हल गर्न काममा खट्ने अनुकूलता मिल्दैन । सहयोगी कर्मचारी र हाकिम रुष्ट हुने दिन हो । छलछाम र हेलचक्र्याइँ नगर्नु होला, पार्टनरलाई सारा गोपनीय कुरा खुलाएमा र विश्वास जित्न सकेमा मात्र प्रेम सफल बन्नेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । सरकारी काम, ठेकापट्टा वा अन्य कुनै कारोवार छ भने अड्किएको काम फुकाउन सकिने दिन हो । प्रयास गरेमा आज जुनसुकै क्षेत्रमा लाभ पाउन सकिन्छ । आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पठनपाठनका अतिरिक्त क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ । अध्ययनरअध्यापनमा पनि मिहिनेतअनुसार उपलब्धी पाउन सकिने छ । कर्मक्षेत्र बलियो भएको राम्रो समय छ । आज लामो समयदेखि गर्न नभ्याएको कुनै काम टुङ्गोमा पुर्याउने प्रयास हुनेछ । बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुने दिन हो । हाकिम वा नेतृत्व पङ्क्तिका विशिष्ट व्यक्तित्वको सहयोग जुटाउन सकिन्छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अर्काको सहयोग गर्न पाउँदा सन्तोषको अनुभूति हुने दिन हो । आज सहयोग माग्नेलाई केवल आश्वासनमात्र नदिनु होला । मिहिनेत र कर्मठताका कारण अप्ठ्यारा परिस्थितिलाई पनि सहज बनाउन सकिने तथा चुनौतीका माझमा आफ्नो प्रतिष्ठा कायम राख्ने राम्रो दिन देखिन्छ । लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । मनमा उदासीपन र तनमा शिथिलता भरिएको दिन छ । नचाहिंदा चिन्ता र शङ्काले कमजोरी बढ्नसक्छ, त्यसैले विश्वस्त व्यक्तिसामु आफ्नो कुरा राख्नोस्, मानसिक बोझ हट्नेछ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ ।

बृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु०

कार्यक्षेत्रमा निकै खट्नु परे पनि मनमा सन्तुष्टिको आभास हुनेछ, आज आफन्तसँग वा घरपरिवारमा केही समय बिताउनु राम्रो हुन्छ । लवमेटका साथमा घुम्ने, समय यापन गर्ने वा कुनै समारोहमा एकसाथ सरिक हुने अवसर मिल्नेछ । व्यवहारमा कडापन बढ्नसक्छ । परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुन्छ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी समन्वय भताभुंग हुने डर हुन्छ । सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका व्यवसायीले राम्रो फाइदा बटुल्न सक्छन ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

घरपरिवार, जीवनसाथीको कामधाम र छोराछोरीको चिन्तामा मन केन्द्रित हुनसक्छ । व्यक्तिगत जीवनको उतारचढावलाई सम्झँदा मन एकतमासको बन्नसक्छ, तर चिन्ता गर्ने परिस्थिति देखिंदैन । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने प्रयास गर्नोस्, सफलताको जडी सूत्र पत्ता लाग्ने दिन हो । उत्साह र उमङ्गको सिर्जना हुने राम्रै दिन देखिन्छ, तर पनि बेफुर्सदिलो भइने दिन हो, बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नु बेस हुन्छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । अनिवार्य नै छैन भने एकदुई दिन पर्खिएर खर्च गरेको राम्रो हुन्छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, त्यसै घोरिएर बस्नुभन्दा अभिभावकलाई स्पष्टसँग कुरा राखी निकास खोज्नु राम्रो हुन्छ । बढी चिन्ता गर्नाले मानसिक शान्तिमा बाधा पुग्ने समय छ, आज घरभित्रका समस्या हल गरी नयाँ ढंगले अघि बढ्ने योजना बनाउनु होला ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ, तर सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुपर्छ । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । औजार, हातहतियार वा सरकारसम्बन्ध ठेक्कापट्टा वा काम नै व्यवसाय हो भने राम्रो लाभ पाउने दिन हो, काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?