तरुणदल अर्घाखाँची- काठमाडौं संपर्क समितिको अध्यक्षमा विकास खनाल चयन

नेपाल तरुणदल अर्घाखाँची काठमाडौं संपर्क समितिको अध्यक्षमा काँग्रेस तरुण नेता विकास खनाल चयन हुनुभएको छ । नेपाल तरुणदल अर्घाखाँची काठमाडौं संपर्क समितिको आयोजनामा मंगलबार काठमाडौंमा सम्पन्न बैठकले मालारानी अर्घाखाँचीका खनाललाई अध्यक्ष चयन गरेको हो ।

समितिको उपाध्यक्षमा छत्रदेवका विष्णु सुवेदी र पाणिनीका सुरज पोख्रेल चुनिनुभएको छ ।सचिवको जिम्मेवारी छत्रदेवका सुदन पाण्डे र सुमन पौडेललाई दिईएको छ भने समिति सह सचिवको जिम्मेवारीमा छत्रदेवकै सचिन पाण्डेलाई तोकिएको छ ।त्यस्तै कोषाध्यक्षमा निराजन श्रेष्ठ र सदस्यहरुमा प्रवीण बस्याल र सविन बस्याल चयन हुनुभयो ।

 

समितीका अध्यक्ष विकास खनालको अध्यक्षतामा बसेको बैठकमा तरुणदल अर्घाखाँचीका अध्यक्ष तथा सन्धिखर्क न. पा.वडा नं.१२ का वडाअध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।

 

त्यस्तै, लुम्बिनी प्रदेश ख का क्षेत्रीय उपसभापति अर्जुन पोख्रेलको विशिष्ठ आतिथ्यता र निवर्तमान वरिष्ठ उपाध्यक्ष विपीन अनुरागीको आतिथ्यता रहेको कार्यक्रममा अर्घाखाँचीबाट काठमाडौलाई कर्मथलो बनाई बसेका कांग्रेस नेता तथा कार्यक्रर्ताहरुको उत्साहजनक सहभागिता रहेको समितिका नवनिर्वाचित सह सचिव सचिन पाण्डेले जानकारी दिनुभयो ।

 

बैठकका सहभागीहरुले आगामी निर्वाचनमा पार्टीद्धारा घोषित तथा सेवामुखी नीती तथा कार्यक्रमहरुलाई जनमाझ पुर्याउने एवम् रचनात्मक ढंगले प्रचारात्मक कार्यक्रम अघि बढाउने कुरामा जोड दिएका छन् ।

 

अर्घाखाँचीमा संचालन हुने पार्टीगत गतिविधीलाई थप सबल बनाउँदै संयमित, अनुशासित र जिम्मेवार ढंगले प्रस्तुत हुनेतर्फ पनि सहभागीहरुले जोड दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?