बल्ल घट्यो सुनको मुल्य, तोलाको ९० हजारसम्म झर्ने

सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु. एक हजार २०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु. एक लाख थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१६ डलर आसपास कारोबार भइरहेको छ । सुन अबको तीन साताभित्रमा तोलाको ९० हजारसम्म झर्ने अनुमान पनि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?