गुल्मीका नेता वराल माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्ष निर्वाचित

 

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा सुदर्शन वराल निर्वाचित हुनुभएको छ । प्रदेश कमिटिको सोमबार बसेको बैठकले वराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री चयन हुनुभयो ।

 

त्यस्तै सचिवको जिम्मेवारी कृष्ण अधिकारलाई दिईएको छ भने सहसचिवमा अक्कल बहादुर बम, पार्वती वि.क. र काशीराम यादव चुनिनुभएको माओवादी केन्द्रका नेता तथा रुरुक्षेत्र गाउँकमिटी अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।माओवादी केन्द्र लुम्बिनी प्रदेशको पूर्ण बैठकले कोषाध्यक्षमा निर्दोष अलीलाई चयन गरेको छ ।

गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लामो समय लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको रुपमा काम गर्नुभएका नेता वराल जनमाझ सजिलै घुलमिल हुनसक्ने, स्पष्ट वैचारिक वक्ताका रुपमा परिचित हुनुहुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?