नेकपा माओवादी केन्द्र गुल्मीको संयोजकमा प्रभावशाली नेता जि.सी

 

भुबन भुसाल चैत्र २,  गुल्मी नेकपा माओवादी केन्द्र गुल्मीको संयोजकमा बुद्धि जिसी चयन हुनुभएको छ ।माओवादी केन्द्रका बौद्धिक , बैचारिक एवं बिकासप्रेमी नेताका रुपमा छबि बनाउनु भएका जिसीलाई पार्टिले जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरेको माओवादी केन्द्र रुरुक्षेत्र गाउँकमिटी अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।

 

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश कमिटी सदस्य भएर काम गरिसक्नु भएका नेता जिसीलाई गुल्मी जिल्ला संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । आज बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले सो निर्णय गरेको हो ।

यो पनि पढ्नुहोस्

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा सुदर्शन वराल निर्वाचित हुनुभएको छ । प्रदेश कमिटिको सोमबार बसेको बैठकले वराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । नवनिर्वाचित कार्यसमितीको उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री चयन हुनुभयो ।

 

त्यस्तै सचिवको जिम्मेवारी कृष्ण अधिकारलाई दिईएको छ भने सहसचिवमा अक्कल बहादुर बम, पार्वती वि.क. र काशीराम यादव चुनिनुभएको माओवादी केन्द्रका नेता तथा रुरुक्षेत्र गाउँकमिटी अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।माओवादी केन्द्र लुम्बिनी प्रदेशको पूर्ण बैठकले कोषाध्यक्षमा निर्दोष अलीलाई चयन गरेको छ ।

 

गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लामो समय लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको रुपमा काम गर्नुभएका नेता वराल जनमाझ सजिलै घुलमिल हुनसक्ने, स्पष्ट वैचारिक वक्ताका रुपमा परिचित हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?