अर्मान जङ्गको ‘मन’ बजारमा, रमेश क्षेत्री र रजिना अर्यालको उत्कृष्ट अभिनय (भिडियोसहित)

अर्मान जङ्गको नयाँ आधुनिक गीत मन साँगीतिक बजारमा आएको छ । अर्मान जङ्गकै शब्द, सँगीत र स्वरमा आएको उक्त गीत ओएस्आर डिजिटल मार्फत बजारमा आएकोहो । गीतको म्युजिक भिडियोमा कलाकार रमेश क्षेत्री र रजिना अर्यालको उत्कृष्ट अभिनय रहेको देख्न सकिन्छ ।

म्युजिक भिडियोमा प्रतीक आचार्य, विकास कार्की र अंशु के सीको समेत अभिनय रहेको छ । मनोज के सी र विजय खनालको छायांकनमा तयार भएको म्युजिम भिडियोको सम्पादन विजय वलालले गरेका हुन् ।

मजारे इन्टरटेनमेण्ट र द नेक्स्ट लेभल प्रोडक्सनको संयुक्त प्रस्तुती रहेको उक्त म्युजिक भिडियोको छायांकन रुपन्देहीका विभिन्न स्थानहरुमा गरिएको हो ।

म्युजिक भिडियोमा निर्देशक विजय वलाल र सहनिर्देशकको भूमिकामा युगल पाण्डे तथा श्रृङगारमा गीता अर्यालले साथ दिएकी थिईन् ।

हेर्नुहोस् भिडियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?