शिक्षकसेवा आयोगको परीक्षा दिन जाँदा नागरिकता वा लाईसेन्स पनि लिएर जानुपर्ने ( सूचनासहित )

चैत्र ०४, शिक्षकसेवा आयोगले अगामी चैत्रमा गर्न लागेको परीक्षामा नागरिकता वा लाईसेन्स पनि साथमा लिएर आउन भनेको छ । आयोगले शुक्रबार एक सूचना जारी गर्दै प्रवेशपत्र मात्र नभई नागरिकता वा लाईसेन्स समेत लिएर आउन परीक्षार्थीलाई सूचित गरेको हो ।

सुचनाअनुसार परीक्षार्थीले नागरिकता, लाईसेन्स वा परिचय खुल्ने कुनै प्रमाणपत्र समेत बोक्नुपर्ने भएको छ । प्रवेशपत्रमा परीक्षार्थीको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको गुनासो आएकोले यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ ।

आयोगका उपसचिव सुदर्शन मरहठ्ठाले जारी गरेको सूचनामा भनिएको छ ” शिक्षक सेवा आयोगबाट मिति २०७८ चैत्र १५, १७, १९ र २१ गते सञ्चालन हुन गइरहेको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा उम्मेदवारले प्राप्त गरेको प्रवेश पत्रमा उम्मेदवारको परिचय खुल्ने विवरणमा केही अस्पष्टता देखिएको भनी गुनासो आएकोले सम्पूर्ण उम्मेदवारहरुले प्रवेश पत्रका साथमा आफ्नो परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिई सम्बन्धित परीक्षा केन्द्रमा जानु हुन सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । “

 

 

 

 

आयोगले आगामी चैत्र १५ गतेदेखि २१ गतेसम्म प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको पदपूर्तिका लागि परीक्षा संचालन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?