माओवादी केन्द्र धुर्काेट रूपन्देही सम्पर्क कमिटी गठन

 

चैत ४ , बुटवल  । नेकपा माओवादी केन्द्र गुल्मी धुर्काेट रूपन्देही सम्पर्क कमिटीकाे गठन गरिएको छ । धुर्काेट गाउँपालिकामा स्थायी बसाेबास भइ राेजगारीकाे लागि बुटवलमा बस्ने नागरिकहरूकाे भेलाबाट बिहीबार कमिटी गठन गरिएको हाे ।

कमिटीकाे अध्यक्षमा प्रकाश भण्डारी निर्विराेध निर्वाचित भएका छन् । जसकाे उपाध्यक्षमा नन्दराम कुँवर, शिवलाल पाेखरेल, कमला शर्मा र संगम खवास, सचिवमा सागर खनाल, सह-सचिवमा सन्ताेष भुसाल, रविलाल खनाल, खिमलाल भण्डारी र प्रेम खत्री एवम् काेषाध्यक्षमा विपिन पाण्डे लगायत अन्य ३५ सदस्य रहेका छन् ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पार्टीका क्षेत्र नम्बर २ का इन्चार्ज निम बहादुर पाण्डेले अब पार्टीका कार्यक्रताहरू निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए । विशेष अतिथि गाउँपालिका अध्यक्ष भुपाल पाेखरेलले गाउँपालिकाले गरेका कामकाे चर्चा गरेका थिए । नेता पाेखरेलले अब आउने निर्वाचनमा सबै एकजुट भई पार्टीलाई जिताउन एकढिक्का हुन सबैलाई आग्रह गरे ।

कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता, विभिन्न भातृ संगठनका प्रमुख लगायत नेता कार्यकर्ताकाे बाक्लो उपस्थिति रहेको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?