“नमुना तिनमुखे पुलको श्रेय गुल्मेली जनतालाई ” : कांग्रेस नेता डा. भण्डारी

भुवन भुसाल , चैत्र ४ गुल्मी
नेपाली कांग्रेसका नेता एवं संविधान सभा सदस्य डा . चन्द्र भण्डारीले दक्षिण एसियाकै नमुना तिनमुखे पुलको श्रेय गुल्मेली जनतालाई दिनुभएको छ ।

गुल्मी , पाल्पा र स्याङ्जा जोड्ने दक्षिण एसियाकै नमुना तिनमुखे पुलको अवलोकन गर्दै नेता डा. भण्डारीले आफुलाई २०७० सालमा आफुलाई गुल्मेली जनताले संबिधान सभा सदस्यमा निर्वाचित गराएकै कारण पुल निर्माण भएको आसय सहित गुल्मेली जनतालाई यस्को श्रेय दिनुभएको छ । नेपाली कांग्रेसका नेता डा. भण्डारी आज शुक्रबार निर्माण सम्पन्न हुने चरणमा रहेको पुल अवलोकनका लागि पुग्नुभएको हो ।

 

पुल अवलोकन पछि डा. भण्डारीले तत्कालीन मुख्य सचिब लिलामणी पौडेल र आफुले संयुक्त रुपमा सिलान्यास गरेको स्मरण गर्दै सामाजिक संजालमा निर्माणमा खट्ने सबैलाई धन्यवाद समेत दिनुभएको छ । डा. भण्डारीले फेसबुकमा तस्बिर राख्दै लेख्नुभएको छ

“सादर जय नेपाल !!!

नेपाली काग्रेस सरकारको कार्यकालमा संविधान सभा सदस्य साथै तत्कालीन अर्थ समिती सदस्य”म”र तत्कालिन नेपाल सरकारका मुख्य सचिब लिलामणी पौडेलको सोंच र मेहनतमा सुरुवात र २०७० साल मंसिर १५ गते शिलान्यास गरेको नेपालकै नमुना पुल !

मुक्तिदायिनी कालीगण्डकी, स्वत: अवतरित ऋषिकेश भगवानको मन्दिर र पूर्वीय दर्शन अनुसार साक्षात् नारायण स्वरूप शालिग्राम शिला पाइने रूरू क्षेत्र ,धार्मिक र पर्यटकहरुको महत्वपूर्ण गन्तव्य , गुल्मी , पाल्पा र स्याङ्जा जिल्लाको त्रिवेणी “ तिन मुखे पुल “दक्षिण एशियाकै नमुना पुल ।

नजरलाई रोक्न सक्ने र तस्वीर लिन लोभ्याउने हाम्रो सोँच र सृजनाको पुल , सभ्यता र संस्कृतिको सङ्गमको प्रतीक पुल …! निर्माणमा सहभागी सबै प्रति आदर र सम्मान । यसको श्रेय मलाई निर्वाचन विजयी गराउनु हुने गुल्मेली दाजुभाई दिदी बैनी र नेपाल सरकारलाई लाई !!! ”

 

आज नेता भण्डारी सहित पुल अवलोकनका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापती भुबन श्रेष्ठ , नेपाल शिक्षक संघका पुर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवाली , उद्योगपती शंकर टण्डन , कांग्रेस नेता किशोर श्रेष्ठ , अमुल्य श्रेष्ठ लगायतको टोली पुगेको थियो ।

२०७० साल मंसिर १५ गते संबिधान सभा सदस्य डा. चन्द्र भण्डारी र तत्कालीन मुख्य सचिब लीलामणि पौडेलले संयुक्त रुपमा शिलान्यास गरेको पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । यो पुल यहाँको पर्यटन बिकासमा कोशेढुङ्गा साबित हुने नेता भण्डारीले बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?