बनभोज गएर फर्कँदै गरेको बस गुल्मीमा दुर्घटना

तस्वीर : टोपलाल अर्यालको फेसबुकबाट

बनभोज गएर फर्कँदै गरेको बस गुल्मी सदरमुकाम तमघासमा दुर्घटना भएको छ । रेसुङ्गा नगरपालिका ०८ मा  शुक्रबार साँझ भएको दुर्घटनामा चालक घाइते भएका छन् । लु १ ख ९४७३ नम्बरको बस ब्रेकफेल भई  रेसुङ्गा नगरपालिका ०८ खानीगाउँ चोकमा दुर्घटनामा परेको घटनास्थलबाट स्थानीय ध्रुव पाण्डेले जानकारी दिनुभयो । बसले तमघासको रिडर्स ई. बोर्डिङ् स्कुलका विद्यार्थीलाई बनभोजमा  लिएर गएको थियो ।

विद्यार्थी घर छोडेर फर्कने क्रममा खानीगाउँको उकालोमा ब्रेकफेल भई उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले पुष्टि गरेको छ ।दुर्घटनामा घाइते भएका चालक रेसुङ्गा न.पा. २ गुल्मीका कमल बुढामगरलाई जिल्ला अस्पताल तमघासमा पठाईएको र ( यो समाचार तयार पार्दासम्म ) सबै विवरण आईनसकेको जिल्ला प्रहरी कार्यलय गुल्मीका डी .एस् .पी. माधव खरेलले बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?