राष्ट्रिय युवासंघ छत्रकोट गुल्मीको दोस्रो विस्तारित बैठक सम्पन्न

 

राष्ट्रिय युवासंघ छत्रकोट गुल्मीको दोस्रो विस्तारित बैठकले आगामी स्थानीय तह निर्वाचनलक्षित कार्यक्रम थप प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरेको छ । बैठकले संगठनका सबै गतिविधीलाई थप सक्रिय ढङ्गले संचालन गर्ने निर्णय गरेको राष्ट्रिय युवासंघ छत्रकोट गुल्मीका अध्यक्ष जीवनबाबु पन्थले जानकारी दिनुभयो ।

बैठकमा नेकपा एमाले छत्रकोट गाउँकमिटिका अध्यक्ष पिताम्बर अर्यालको प्रमुख आतिथ्यता सम्पन्न बैठकमा नेकपा एमाले गुल्मीका नेता रामप्रसाद पाण्डेयको विशिष्ठ आतिथ्यता रहेको थियो ।

बैठकमा राष्ट्रिय युवासंघ गुल्मीका पूर्व ईन्चार्ज मेघराज पन्थ, युवासंघ पुर्वजिल्ला सचिव रामकृष्ण न्यौपाने लगायतले प्रशिक्षण दिनुभएको थियो ।
राष्ट्रिय युवासंघ छत्रकोट कार्यसमितीका अध्यक्ष जीवनबाबु पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विनोद पन्थले स्वागत मन्तव्य राख्नुभएकाृ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?