सिसाको ग्लासलाई एक महिलाले सेक्स टोयको रुपमा प्रयोग गर्दा…..!

 

 

एजेन्सी । उत्तरी अफ्रिकी मुलुक ट्यूनीसियाकी एक महिलाको गुप्ताङ्गमा सिसाको ग्लासको ठूलो टुक्रा फेला परेको छ ।

४५ वर्षीया ती महिलालाई गुप्ताङगमा अचानक दुखाई बढेपछि अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले उनको शल्यक्रियापछि गुप्ताङगमा सिसाको ग्लासको ठूलो टुक्रा फेला पारेका हुन् । उनको गुप्ताङगमा ४ वर्षदेखि सिसाको ग्लास अड्किएको शल्यक्रियापछि थाहा भएको हो । यो देखेर चिकित्सकहरु पनि अचम्ममा परेका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

न्यू योर्क पोस्टका अनुसार ती महिलाको गुप्ताङ्गमा सधैंजसो समान्य दुखाइ हुने गर्दथ्यो । त्यसो हुँदा उनी पटक–पटक शौचालय जाने गर्थिन् । उनलाई लागेको थियो आफूलाई पिसावमा कुनै खराबी भएको भनेर,तर, दुखाइ अचानक बढेपछि उनी अस्पताल पुगिन् । चिकित्सकहरुले उनको स्वास्थ्य जाँचपछि पिसावमा कुनै इन्फेक्सन नभएको र उनको शरीरमा ८ सेन्टीमिटर चौडाइ भएको ब्लाडर स्टोन (मुत्राशयमा ढुङ्गा) भेटियो । तर त्यो ब्लाडर स्टोन भनेको नै सिसाको ग्लासको टुक्रा थियो । त्यो शिसाको टुक्रा ती महिलाको गुप्ताङ्गबाट पिसाब थैलीसम्म पुगेको थियो ।

सञ्चार माध्यमहरुका अनुसार ती महिलाले धेरै वर्ष अगाडि शिसाको पानी पिउने ग्लालासलाई सेक्स टोयको रुपमा प्रयोग गरेको खुलासा गरिन् र उनको गुप्ताङ्गमा सिसाको टुक्रा त्यसरी अड्किएको पत्ता लागेको हो । यद्यपी ती महिलाको शल्यक्रिया गर्ने स्फ्याक्स शहरको हबिब बोर्गुइबा अस्पतालले भने यसबारे केही बताएको छैन ।महिलाको सफल शल्यक्रिया पश्चात उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । ती महिलाको शल्यक्रिया सन् २०२१ मा भएको हो । तर, अहिले सामाजिक सञ्जालमा शल्यक्रियाको तस्वीरहरू भाइरल भएपछि यो खबर बाहिरिएको हो ।

 

यो समाचार इमेज खबरमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?